हिन्दुबादी मुख्यमन्त्रीलाई पूर्व राजा ज्ञानेन्द्रले लखनउ पुगेर भेटे,के-के भयो कुराकानी?



हाम्रो इकोनोमि

पूर्वराजा ज्ञानेन्द्र शाहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन्।

नेपालगन्ज र पश्चिम नेपालको भ्रमणमा केही दिनअघि निस्किएका पूर्वराजा ज्ञानेन्द्र आइतबार उत्तर प्रदेशको राजधानी लखनऊ गएका थिए।

हिन्दुत्वको नारासहित भारतीय राजनीतिमा उदाएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग नेपालका पूर्वराजा ज्ञानेन्द्रको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

आदित्यनाथले आज बिहान ट्वीट गर्दै लखनऊको सरकारी आवासमा ज्ञानेन्द्रसँग भेट गरेको तस्विर सार्वजनिक गरेका छन्। भारतलाई हिन्दुराष्ट्र बनाउनुपर्ने अभिव्यक्ति दिने योगी आदित्यनाथ नेपालमा समेत हिन्दु धर्मको एजेण्डालाई समर्थन गर्छन्। उनी यसअघि पटकपटक नेपाल आउने गरेका छन्।

उत्तर प्रदेशमा उनको उदयलाई धेरैले नेपालको राजनीतिमा हिन्दुत्वका प्रवेश गर्ने आशंका व्यक्त गरेका थिए।

बाँकेमा नवनिर्मित होटल सोल्टीको उद्घाटन गर्न पुस १३ गते नेपालगन्ज पुगेका पूर्व राजाले पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण गरेका थिए। नेपालगन्ज रहँदा उनले त्यहाँको बागेश्वरी मन्दिरको समेत दर्शन गरेका थिए भने धनगढीको शिवपुरी धाम उत्तरामेश्वर ज्योर्तिलिंगको समेत दर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...