शीतलहरले तराईमा जनजीवन अत्यन्तै कष्टकर, शीतलहरकै कारण २३ को मृत्यु



शीतलहरले अहिलेसम्म सप्तरीमा १४ को मृत्यु भइसकेको छ । आइतबार मात्रै कञ्चनरूप नगरपालिका–७ का ६१ वर्षीय उत्तम मरिक डोम र बरमझियाका ५५ वर्षीय बेचन शेखको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार कञ्चनरूप नगरपालिका–४ का ललित चौधरीका सातमहिने छोरा गणेश, खड्ग नगरपालिका–८ का ६० वर्षीय मुसहरू चौधरी, डाँकनेश्वरी नगरपालिका–८ का ५५ वर्षीया झौली यादव, अग्निसाइर कृष्णासवरन गाउ“पालिका–४ का ६० वर्षीय लखन ठाकुर र तिलाठी–कोइलाडी गाउँपालिका–७ का ३५ वर्षीय शिवु मण्डलको जाडोले कारण मृत्यु भएको थियो ।

प्रहरीका अनुसार महदेवा गाउँपालिका–२ का ५८ वर्षीय सुकदेव यादवको गत शुक्रबार बिहान घरनजिकैको नहर किनारमा शौच गर्ने क्रममा कठ्यांग्रिएर मृत्यु भएको थियो । शुक्रबारै तिलाठी–कोइलाडी गाउँपालिका–२ का ५५ वर्षीय सुजन ठाकुरको कठ्यांग्रिएर घरमै मृत्यु भयो । त्यसअघि बिहीबार राजविराज नगरपालिका–१० की ६५ वर्षीया कैलीदेवी खंग र राजविराज नगरपालिका–२ की ६० वर्षीया नाजो वेगमको जाडोबाटै मृत्यु भएको वडाध्यक्ष अरुण यादवले बताए ।

यस्तै, छिन्नमस्ता गाउ“पालिका–१ वीरपुरका ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको मृत्यु भएको छ । सप्तरीका प्रहरी नायब उपरीक्षक ध्रुव भट्टराईले पोस्टमार्टम गराउन नसक्दा सबै मृतकको रेकर्ड राख्न नसकेको बताए । शीतलहरबाट मृत्यु भएको अवस्थामा अस्पताल लगेर पोस्टमार्टम गराए मात्रै सरकारी रेकर्डमा उल्लेख हुने नियम छ ।

रौतहटमा पाँचको मृत्युः

रौतहटमा जाडोले कठ्यांग्रिएर मर्नेको संख्या पाँच पुगेको छ । शनिबार राति परोहा नगरपालिका–२ जिगडवाका ४५ वर्षीय शेख समिम र रामपुरखापकी ६५ वर्षीया मरठियादेवी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए । गत शुक्रबार राति राजदेवी नगरपालिका–७ का ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका–१ को इँटा उद्योगमा कार्यरत सर्लाही रामवन घर भएका ५५ वर्षीय नेक महम्मद अलीको मृत्यु भएको थियो । यस्तै, गत साता गढीमाई नगरपालिका–४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजामको अत्यधिक जाडोका कारण मृत्यु भएको थियो ।

तराईमा १० पुसदेखि निरन्तर कुहिरो र बाक्लो हुस्सु लाग्दै आएको छ । कहिले घामै नलाग्ने र दिउँसो लागे पनि मधुरो हुने गरेको छ । चिसो बढेपछि जनजीवन कष्टकर बन्दैै गएको छ । अधिकांश जिल्लामा विद्यालय बन्द गरिएका छन् । ‘तराईमा एक हप्तासम्म घाम नलागेको रेकर्ड छ,’ मौसमविद् वरुण पौडेलले भने, ‘तर, यस वर्ष निरन्तर हप्ता दिनसम्म हुस्सु लाग्ने सम्भावना छैन ।’ जाडो मौसम भएकाले केही दिनपछि बिहान हुस्सु लागे पनि दिउँसो सफा भई घाम लाग्ने उनले बताए । तराईदेखि भारतको दक्षिण र बंगलादेशसम्म बाक्लो खालको एउटै हुस्सु चक्काजस्तो बसेकाले हट्न समय लाग्ने मौसमविद्हरूको भनाइ छ ।

तराईमा हुस्सु लाग्दा उडान प्रभावितः

प्रतिकूल मौसमका कारण आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान–अवतरण प्रभावित भयो । आन्तरिक उडानतर्फ अधिकांश क्षेत्रको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार आइतबार धनगढीमा एउटा पनि उडान हुन सकेन । अन्य गन्तव्यमा भने फाट्टफुट्ट उडान सम्भव भयो । काठमाडौंको मौसम सफा रहेका कारण अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । जाडो मौसममा तराईमा बाक्लो हुस्सु लाग्दा त्यस क्षेत्रमा अवस्थित विमानस्थलमा उडान–अवतरण बढी प्रभावित हुने गरेको हो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

भुटानी राजपरिवारको सदस्यहरु काठमाडौंमा

    भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

नक्कली डाक्टरले लुटे सुनचाँदी र ३ लाख रुपैयाँ

    नक्कली डाक्टर बनेर घरभित्र घुुसेका व्यक्तिले ३ लाख नगद र सुन–चाँदीका