बाम गठबन्धन तोड्न भारत सक्रिय हुदै गर्दा पूर्व राजा ज्ञानेन्द्रले नेपाल छोडे,भारत पुगेका उनले कस्तो खिचडी पकाउने भए?



हाम्रो इकोनोमि

पूर्व राजा ज्ञानेन्द्रले भारतीय राज्य उत्तर प्रदेशको लखनउ पुगेका छन्। पूर्व राजाको लखनउ भ्रमण व्यापारिक तथा धार्मिक प्रयोजनका लागि हुने स्रोतहरुले बताएका छन्।

नेपालगञ्जस्थित सोल्टी होटलका लगानीकर्ता समेत रहेका पूर्वराजाले लखनउ बसार्इंका क्रममा होटलका ग्राहक बृद्धिका लागि ब्यापारी लगायतसँग छलफल गर्नेछन्।
त्यसबाहेक लखनउमा रहेका धार्मिक पीठहरुमा पूजाआजापनि गर्नेछन्। उनको साथमा पत्नी कोमल, छोरी प्रेरणा लगायत छन्।
१३ पुषमा मध्य तथा सुदुर पश्चिमको भ्रमणका लागि नेपालगञ्ज पुगेका पूर्व राजा नेपालगञ्जबाटै भारतीय शहर नेपालगञ्ज पुगेका हुन्।

उत्तर प्रदेशमा हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा) को सरकार छ र मुख्यमन्त्रीमा गोरखनाथ पीठका पीठाधीस आदित्यनाथ छन्।

मुख्यमन्त्री आदित्यनाथसँग उनको भेट हुन्छ वा हुँदैन, त्यो बताइएको छैन। तर आदित्यनाथले चाहे भेट हुनसक्ने स्रोतहरुको दावी छ।
‘मर्यादाक्रमका कारण पूर्व राजा आफै भेट्न जाने कुरा भएन’ स्रोतले भन्यो, ‘आदित्यनाथ आफैले गए भने चाहिँ उहाँले भेट नदिने कुरा छैन।’

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...