‘गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय’



हाम्रो इकोनोमि

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको विचार व्यक्त गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “एमाले र माओवादी केन्द्रबीच रहेको वाम गठबन्धन तोड्न बाह्य शक्ति नै लागेको छ, त्यसमाथि पनि मधेशवादी दल पनि दुई पार्टीको एकतामा भाँजो हाल्ने काम गर्दैछन ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा सुशासन कायम हुन नसकेको, सरकारी अड्डामा भ्रष्टाचार बढ्दै गएको, सेवाग्राहीले सास्ती भोग्दै गएको र प्राकृतिक सम्पदाको दोहन हुँदै गएको बताउँदै यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । प्रजिअ द्रोण पोखरेलले भक्तपुरका समाचार सम्प्रेषण गर्दा सत्यमा आधारित रहेर गर्न आग्रह गर्नुभयो ।

पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले पत्रकारको पेशागत र सुरक्षाका चुनौतीलाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक सदस्य एवं ‘मजदूर दैनिक’का सम्पादक सरोजराज गोसार्इं, क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा बजगाईं, चौतारी भक्तपुरका उपाध्यक्ष रामचन्द्र प्रजापति, प्रेस युनियन भक्तपुरका उपाध्यक्ष रोशन शिल्पकार, राष्ट्रिय नेवा देय दबुका अध्यक्ष केके मानन्धर, मध्यपुर सञ्चार समाजका अध्यक्ष हरिबहादुर श्रेष्ठलगायतले भक्तपुरको विकासका लागि संगठित भएर मिसन पत्रकारिता शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएवापत क्लब भक्तपुरका अध्यक्ष सुशीलबन्धु थापालाई ं दुई हजार २०० सहित यस वर्षको ‘मैयादेवी शिल्पकार स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...