लघुवित्तको २ करोड ४० लाखको आईपिओ आउँदै



हाम्रो इकोनोमि

स्पर्स लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाखको आईपिओ जारी गर्ने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ५ करोड ६० लाख रहेको छ । सर्वसाधारणलाई शेयर जारी गरे पश्चात संस्थाको चुक्तापूाजी ८ करोड पुग्नेछ । नेपाल राष्ट्र बैंकबाट ५२ औं लघुवित्त संस्थाको रुपमा अनुमति पाएको स्पर्स लघुवित्तले १० जिल्लामा लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

संस्थाले हाल १५ वटा शाखा मार्फत करिब ३४ सय सदस्यहरुलाई ११ करोड कर्जा लगानी गरेको र करीब १ करोड ६० लाख बचत संकलन गरेको संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...