माघ २४ मा राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको निर्णय,फागुनमा बन्ने भयो नयाँ सरकार



हाम्रो इकोनोमि

लामो समयदेखि विवादमा रहेको राष्ट्रिय सभा निर्वाचनको विषय अन्तत: माघ २४ गते गराउने निर्णयसँगै टुंगिएको छ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले अप्रत्यासित रुपमा डाकेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ। माघ २४ गते निर्वाचन सम्पन्न हुँदा नयाँ सरकार गठनका लागि छिटोमा फागुन पहिलो साता लाग्ने पहिलो पोष्टले उल्लेख गरेको छ ।

मन्त्रिपरिषद बैठकबारे ब्रिफिङ गर्दै अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिति तय भएको जानकारी दिए। सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि पठाएको अध्यादेश राष्ट्रपतिले २ महिनासम्म अनुमोदन नगर्दा यो विषय विवादमा रहँदै आएको थियो। नेकपा एमालेको कडा विरोधका कारण चर्चामा रहेको विधेयकलाई अन्तत: राष्ट्रपतिले अनुमोदन गरिन्। त्यसपछिमात्रै निर्वाचनका लागि बाटो खुलेको हो।

बहुमतीय वा एकल संक्रमणीय व्यवस्थाअनुसार निर्वाचन गर्ने भन्ने विवादले नयाँ सरकार गठनको प्रकृयालाई थप लम्ब्याएको थियो। आज मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...