माघ २४ मा राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको निर्णय,फागुनमा बन्ने भयो नयाँ सरकार



हाम्रो इकोनोमि

लामो समयदेखि विवादमा रहेको राष्ट्रिय सभा निर्वाचनको विषय अन्तत: माघ २४ गते गराउने निर्णयसँगै टुंगिएको छ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले अप्रत्यासित रुपमा डाकेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ। माघ २४ गते निर्वाचन सम्पन्न हुँदा नयाँ सरकार गठनका लागि छिटोमा फागुन पहिलो साता लाग्ने पहिलो पोष्टले उल्लेख गरेको छ ।

मन्त्रिपरिषद बैठकबारे ब्रिफिङ गर्दै अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिति तय भएको जानकारी दिए। सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि पठाएको अध्यादेश राष्ट्रपतिले २ महिनासम्म अनुमोदन नगर्दा यो विषय विवादमा रहँदै आएको थियो। नेकपा एमालेको कडा विरोधका कारण चर्चामा रहेको विधेयकलाई अन्तत: राष्ट्रपतिले अनुमोदन गरिन्। त्यसपछिमात्रै निर्वाचनका लागि बाटो खुलेको हो।

बहुमतीय वा एकल संक्रमणीय व्यवस्थाअनुसार निर्वाचन गर्ने भन्ने विवादले नयाँ सरकार गठनको प्रकृयालाई थप लम्ब्याएको थियो। आज मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...