दुई बोतल मदिरा चोर्दा मलेसियमा नेपाली गार्डलाई ३ महिना जेल



हाम्रो इकोनोमि

सुपरमार्केटबाट दुई बोतल मदिरा चोरेको मुद्दामा मलेसियाको एक अदालतले नेपाली सुरक्षा गार्डलाई ३ महिना जेल सजाय सुनाएको छ।

१ सय ३२ मलेसियन रिंगिट अर्थात् ३ हजार ३ सय ४२ रुपैयाँ मूल्यको मदिरा चोरेबापत उनलाई जेल सजाय सुनाइएको हो।

मजिस्ट्रेट उम्जरुल अन नुर उमरले ४४ वर्षका विश्व सुवेदीलाई यस्तो फैसला सुनाएका हुन्। ज्याकोब्स क्रिक सिराज रोज वाइन उनले चोरेका थिए। एइन एयू २ सुपरमार्केटमा गत २२ डिसेम्बरमा मदिरा चोरी गर्दा उनी समातिएका थिए।

दुई सन्तानका बाबु सुवेदीलाई पेनल कोडको सेक्सन ३८० अन्तर्गत यस्तो आदेश दिइएको हो। यस्तो मुद्दामा १० वर्षसम्म फैसला सुनाउने अधिकार छ।

सुवेदी यसअघि ओभर स्टे गरेका कारण ३ महिना यहाँको जेलमा परिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...