दुई बोतल मदिरा चोर्दा मलेसियमा नेपाली गार्डलाई ३ महिना जेल



हाम्रो इकोनोमि

सुपरमार्केटबाट दुई बोतल मदिरा चोरेको मुद्दामा मलेसियाको एक अदालतले नेपाली सुरक्षा गार्डलाई ३ महिना जेल सजाय सुनाएको छ।

१ सय ३२ मलेसियन रिंगिट अर्थात् ३ हजार ३ सय ४२ रुपैयाँ मूल्यको मदिरा चोरेबापत उनलाई जेल सजाय सुनाइएको हो।

मजिस्ट्रेट उम्जरुल अन नुर उमरले ४४ वर्षका विश्व सुवेदीलाई यस्तो फैसला सुनाएका हुन्। ज्याकोब्स क्रिक सिराज रोज वाइन उनले चोरेका थिए। एइन एयू २ सुपरमार्केटमा गत २२ डिसेम्बरमा मदिरा चोरी गर्दा उनी समातिएका थिए।

दुई सन्तानका बाबु सुवेदीलाई पेनल कोडको सेक्सन ३८० अन्तर्गत यस्तो आदेश दिइएको हो। यस्तो मुद्दामा १० वर्षसम्म फैसला सुनाउने अधिकार छ।

सुवेदी यसअघि ओभर स्टे गरेका कारण ३ महिना यहाँको जेलमा परिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...