भोली ओली र प्रचण्डले पार्टी एकताको वार्तालाई वारपार पार्ने,निर्णायक वार्तामा के-के पार लाग्दैछ



हाम्रो इकोनोमि

नेकपा माओवादी र एमालेबीचको एकतालाई टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच निर्णायक वार्ता हुने भएको छ।

निर्णायक वार्ताका लागि प्रचण्ड शनिबार नै राजधानी आउने कार्यक्रम छ। माओवादी र एमालेबीचको एकता अन्योल परिरहेका बेला दुवैतिरको पहलमा शीर्ष नेतृत्वबीच निर्णायक वार्ता हुन लागेको हो। स्वास्थ्यको कारण देखाउँदै केही दिनदेखि ओली निवासमै आराम गरिरहेका छन्।

ओली र प्रचण्डबीचको बालकोट वार्तापछि एकता प्रकियालाई तीव्रता दिने भनिए पनि शीर्ष तहमा न्यूनतम समझदारी नहुँदा संयोजन समितिले समेत प्रभावकारी रुपमा काम गर्न सकेको छैन।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले शनिबार निर्णायक वार्ता हुने र त्यसका लागि दुवैतर्फबाट आन्तरिक गृहकार्य भइरहेको जानकारी दिएका छन्। शीर्ष वार्तापछि आइतबार नै एकता संयोजन समितिको बैठक बोलाउने तयारी भइरहेको छ।

खासगरी पदीय व्यवस्थापन तथा शक्ति बाँडफाँट कुरा नमिल्दा एकता प्रकिया अघि बढ्न सकेको छैन। प्रधानमन्‍त्रीमा स्वभाविक दाबी गरिरहेको एमाले सकेसम्म पार्टी अध्यक्ष पनि छोड्न तयार छैन। तर माओवादीले पार्टी अध्यक्ष र प्रधानमन्‍त्रीमध्ये एक रोज्नुपर्ने विकल्प अघि सार्दै एकताको प्याकेज टुंगो लगाएर मात्रै सरकारमा जाने अडानमा अडिएको छ। त्यसैगरी राष्ट्रपतिमा एमाले र माओवादी दुवैको दाबी छ।

एमालेभित्र पनि राष्ट्रपतिबारे एकमत छैन। ओली अहिलेकै राष्ट्रपतिलाई दोहोर्‍याउन चाहान्छन् भने माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु यसको विपक्षमा छन्। राष्ट्रप्रमुजस्तो पदमा एउटै पात्रलाई दोहोर्‍याउँदा गलत सन्देश जाने र यसले गलत परम्परा बस्ने उनीहरुको भनाइ छ। एमालेका पू्र्व अध्यक्ष तथा पूर्वप्रधानमन्‍त्री खनाल यसका लागि इच्छुक छन्। माधव नेपाल ओली र प्रचण्डलाई मिलाएर एकीकृत पार्टीको अध्यक्ष हुने दाउमा छन्।

अरु महत्वपूर्ण पद तथा सरकारको हिस्सेदारीमा एमाले र माओवादीबीच समझदारी जुट्न सकेको छैन। पहिले सरकार गठन गरेर विस्तारै पार्टी एकता गर्ने र दुवैतर्फ कब्जा जमाउने ओली टिमको रणनीतिबाट झस्किएको माओवादीले विकल्प खोजी गर्न थालेपछि पछिल्लो समय ओलीले नै एकताका लागि बढी सक्रियता देखाएका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...