एकतापछि दुवै पार्टीका कार्यकर्तालाई समान अधिकार हुनुपर्छ : खनाल



हाम्रो इकोनोमि

पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुन लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताउनुभएको छ ।

इलामको साखेजुङमा आज आयोजित कार्यक्रममा उहाँले सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले फागुन महिना लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताउनुभएको हो ।

नेकपा ९एमाले०का पूर्वअध्यक्ष समेत रहनुभएका खनालले सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्टी एकीकरणसमेत अघि बढ्ने उल्लेख गर्दै “पार्टी एकीकरण हुन्छ, यसमा कसैले शंका गर्नु पर्दैन,” भन्नुभयो ।

दुवै पार्टी एकीकरणपछि सबैले समान अधिकार पाउने छ, उहाँले भन्नुभयो, “कसैलाई काखा कसैलाई पाखा लगाउने काम हुँदैन ।”

एक फरक प्रसंगमा वरिष्ठ नेता खनालले आफूलाई राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने तर त्यसका लागि आफूले लभिङ नगर्ने बताउँदै अवसर आए पछि नहट्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...