प्रचण्डले आफु हुँदा सम्म चिन्ता नगर्नु भन्दै भने-चितवन प्रदेशको राजधानी बन्छ,बल मेरै कोर्टमा छ



हाम्रो इकोनोमि

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन प्रदेशको राजधानी पनि बन्न सक्ने सम्भावना रहेको बताएका छन्। शुक्रबार चितवन उद्योग संघको नवौं अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले चितवन हरेक हिसावले प्रदेशको राजधानीका लागि उपयुक्त रहेको बताए।
‘चितवन प्रदेशको राजधानी पनि बन्न सक्छ’, उनले भने, ‘तर अहिले नै ठोकुवा गरेर भन्ने अवस्था छैन।’ उनले चितवन प्रदेशको राजधानी नबने पनि आर्थिक समृद्धिका हिसाबले देशकै उत्कृष्ट जिल्ला हुने दावी गरे।

अध्यक्ष प्रचण्डले आफू चितवनको जनप्रतिनिधि नहुँदा पनि यहाँको विकासमा लागि परेको बताए। ‘म पहिला सिरहाबाट जनप्रतिनिधि हुँदा पनि यहाँको विकासका लागि लागि परेको थिए’, उनले भने, ‘अहिले त म यहाँका जनताको प्रतिनिधि भएर सिंहदरवार पुगेको छु, यहाँको विकासका लागि पर्नेछु।’
अध्यक्ष प्रचण्डले देशमा राजनीतिक क्रान्ति पूरा भएको भन्दै अब आर्थिक क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने बताए। उनले नेपाली जनताले वाम गठबन्धनमाथि विश्वास गरेका कारण जनतालाई धोका हुन नहुने बताए।

इतिहासमा विभिन्न बाहना बनाउँदै र अरुलाई दोष दिँदै दजनता ढाँटेको भन्दै अब दलहरुलाई त्यो छुट नभएको दावी गरे। ‘इतिहासमा राजालाई दोष दिएका थियौँ, व्यवस्थालाई दोष दिएका थियौँ, अब दलहरुलाईै अरुलाई दोष दिने छुट छैन’, उनले भने। उनले जनताले परिवर्तनको अनुभूत गर्न नपाएको भन्दै जनतालाई परिवर्तनको अनुभूति दिन आर्थिक क्रान्तिको दिशामा देशलाई अगाडि बढाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...