माघ २ गतेदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने



हाम्रो इकोनोमि

कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ ।

कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १९५ खेलाडीको सहभागिता रहनेछ ।

खेलाडीको बसोबास, यातायात लगायतको खर्च आयोजकले व्यहोर्नेछ । प्रतियोगिता सम्पन्न गर्न रु २१ लाख खर्च हुने अध्यक्ष पाण्डेयले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्ले रु आठ लाख, सटल कर्क, मेडल तथा प्रमाणपत्र उपलब्ध गराउने छ ।

“रु तेह्र लाख खर्चको जोहो आयोजकले गर्नेछ,” उहाँले भन्नुभयो । प्रतियोगितामा सुदूरपश्चिमबाट सहभागी हुने खेलाडीको जिल्लास्तरमा छनोट भई कैलालीको धनगढीमा क्षेत्रीय छनोट प्रतियोगिता गरिनेछ ।

संघले प्रतियोगितास्थल स्थानीय कभर्डहलमा पूर्वाधार मर्मत र अन्य तयारी गरिरहेको नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...