खुल्यो उन्नती माइक्रोफाइनान्सको आईपीओ, कति गर्ने आवेदन ?



हाम्रो इकोनोमि

उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ६५ हजार कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये कुल शेयर निष्कासनको ४ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर कर्मचारी र ५ प्रतिशत अर्थात ८ हजार २५० कित्ता शेयर सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । बाँकी १ लाख ५० हजार १५० कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

पुस २१ गते आजदेखि निष्कासन भएको शेयरमा आवेदकले छिटोमा पुस २५ र ढिलोमा माघ ५ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर भर्न इच्छुक आवेदकले न्यूनतम १० कित्ता अर्थात एक हजार र अधिकतम ८२० कित्ता अर्थात ८२ हजार रुपैयाँ सम्म आवेदन दिन सक्नेछन् ।

शेयरमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

हाल ३ करोड ८५ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको १ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर जारी गरेपश्चात पूँजी ५ करोड ५० लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...