५ बर्षभित्र वैकल्पिक राजनीतिक शक्ति बनाएर छाड्ने नयाँ शक्ति पार्टीको घोषणा



हाम्रो इकोनोमि

नयाँ शक्ति पार्टी नेपालले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाउने निर्णय गर्दै बैठक सकेको छ।

कास्कीको ल्वाङ होमस्टेमा तीन दिनसम्म चलेको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्नेलगायत १० बुँदे घोषणापत्र जारी गरेको छ। बैठकपछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पाँच बर्षभित्र पार्टी वैकल्पिक शक्ति बनाउने घोषणा गरे।

नयाँ शक्तिले बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा समेत गरेको छ। बैठकले पार्टीले तर्जुमा गरेको नीति जनता समक्ष पुर्‍याउन नसक्नु नै हारको कारण रहेको निष्कर्ष निकालेको छ। संघीय परिषदको बैठकको तयारीका लागि केन्द्रीय समिती बैठक बसेको संयोजक भट्टराईले जानकारी दिए। उनले आगामी फागुन १०, ११ र १२ गते संघीय परिषद्को बैठक बस्ने बताए।

सुरुमा पार्टी विस्तार र सुदृढिकरणमा लाग्ने र त्यसपछि समाजिक–राजनीतिक अभियान चलाउने भन्दै भट्टराईले ५ वर्षपछि हुने चुनावमा शसक्त शक्तिमा पार्टीलाई स्थापित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...