राजनैतिक सहमतिको पहल गर्न निर्वाचन आयोगलाई राष्ट्रपतिको आग्रह



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन् । पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको हो ।

सो टोलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सबै मतपरिणाम सार्वजनिक गर्ने सम्बन्धमा राजनीतिक सहमतिको आवश्यकता औँल्याएको छ । टोलीले वाम गठबन्धन र त्यसनिकट युवा–विद्यार्थी संगठनले प्रतिनिधिसभाको समानुपातिकको मतपरिणाम चाँडो सार्वजनिक नगरेकामा विरोध प्रदर्शन गर्दा आफूहरुलाई दबाब महसुस भएको जनाएको थियो ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार जवाफमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति गर्नुपर्ने अवस्था हो भने आयोगले नै त्यसको पहल गरेर सहमतिको वातावरण जुटाई आवश्यक काम गर्न सल्लाह दिएकी थिइन् ।

गत मंसिर १० र २१ गते भएको निर्वाचनमा बहुमत ल्याएको वाम गठबन्धनले परिणाम सार्वजनिकमा ढिलाइ नगरी नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न माग गर्दै आएको छ भने आयोगले राष्ट्रियसभाको निर्वाचन नभई संघीय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुन नसक्ने जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सन्तोष परियारले छाडे पनि रास्वपा

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन्...

सिंगापुरबाट आज स्वदेश फर्किँदै देउवा-दम्पती

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् ।...

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत...

दल र नेतालाई अवरोध गरेर चुनाव हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार...