गर्लफ्रेण्डले दिएको गिफ्ट ४७ वर्षसम्म किन खोलेनन् एडिअनले ?



हाम्रो इकोनोमि

क्यानडाको टोरन्टोमा बस्ने एडिअन पिअर्स नामका व्यक्तिले आफ्नी भूपू गर्लफ्रेण्डले दिएको गिफ्टको प्याकेट ४७ वर्षसम्म पनि खोलेका छैनन् ।

उनी १७ वर्षको छँदा उनकी गर्लफ्रेण्ड विक्कीले उनीसँग ब्रेकअप गरेकी थिइन् । ब्रेकअपको बेला उनले एड्रिअनलाई एक उपहार दिएकी थिइन् । उक्त गिफ्टलाई एड्रिअनले अहिलेसम्म खोलेका छैनन् । विछोडका बेला दिएको उपहारलाई भारी मन बनाएर घरमा ल्याएको एड्रिअनले अहिलेसम्म उक्त गिफ्ट खोल्ने हिम्मत गरेका छैनन् ।

एड्रिअनले उक्त गिफ्टलाई घरमा रहेको क्रिसमस ट्रीको तल राखेका छन् र आफ्ना परिवारका सदस्यलाई पनि उक्त गिफ्ट नखोल्न जानकारी गराएका छन् । उनको आदेशको सिरोपर गर्दै अहिलेसम्म परिवारको कसैले पनि उक्त गिफ्टमा हात लगाएको छैन ।

ब्रेकअप पछि उनले एक्स गर्लफ्रेण्डलाई कहिल्यै पनि भेटेका छैनन् । एकदिन उनीसँग भेट हुने र सँगै उक्त गिफ्ट खोल्ने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...