नुवाकोट र रसुवामा टेलिकमको सेवा अवरुद्ध



हाम्रो इकोनोमि

नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ ।

धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका प्रिपेड, पोष्टपेड, पिएसटिएन र इन्टरनेट सेवामा उत्पन्न समस्या कायमै रहेको छ । टेलिकमको सेवा बुधबार अपराह्न ३ बजेदेखि अवरुद्ध भएको हो । सेवा अवरुद्ध भएको लामो समय भइसक्दा समेत उत्पन्न समस्याको समाधान नहुँदा उपभोक्ता सञ्चार सुविधाबाट वञ्चित छन् ।

गल्छीबाट ल्याइएको फाइबर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटे आसपासको स्थानमा खराबी देखिएकाले बनाउन पोखराबाट आज बिहान आइपुगेका प्राविधिकले प्रयास गरिरहेको टेलिकम नुवाकोट प्रमुख श्यामकान्त चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार अप्टिकल फाइबर विस्तार र मर्मतको जिम्मेवारी निजी कम्पनीलाई दिइएकाले सेवा अवरुद्धपछि मर्मतका लागि काठमाडौं नजिक हुने भए पनि निजी कम्पनीको प्राविधिक पोखराबाट आउन ढिलाइ गरेकाले समस्याको पहिचान र मर्मतमा ढिलाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...