सर्वदलीय बैठकमा वाम गठबन्धनका नेताले देउवा लाई भने- ‘जे मन लाग्छ त्यहि गर्नु प्रदेश प्रमुख र राजधानी आफै तोक्नुस्’



हाम्रो इकोनोमि

राष्ट्रिय दलका शीर्ष नेताहरु प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई दिन सहमत भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा आज भएको सर्वदलीय बैठकमा यो सहमति जुटेको हो।

‘प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई दिन हामी सहमत भएका छौ,’ माओवादीका नेता नारायाणकाजी श्रेष्ठले भने, ‘राजनीतिक सहमति लिन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर सत्ता हस्तान्तरण गर्न तयार रहेको पाएकाले यस्तो अधिकार सरकारलाई गठबन्धनले दिएको हो।’

प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेशसभाले पूर्णता पाउन सकेको छैन। त्यस्तै अस्थायी राजधानी नतोक्दा प्रदेशसभा रहने स्थानको टुंगो लाग्न सकेको छैन। बैठकपछि बोल्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडलले प्रदेश प्रमुख र अस्थायी राजधानी तत्काल तोक्ने सहमति भएको प्रतिक्रिया दिए। सरकार र पाँच दलबीच सहमति गरेर अगाडि बढ्ने सहमति भएको पौडेलले बताए।

बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेता सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...