सर्वदलीय बैठकमा वाम गठबन्धनका नेताले देउवा लाई भने- ‘जे मन लाग्छ त्यहि गर्नु प्रदेश प्रमुख र राजधानी आफै तोक्नुस्’



हाम्रो इकोनोमि

राष्ट्रिय दलका शीर्ष नेताहरु प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई दिन सहमत भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा आज भएको सर्वदलीय बैठकमा यो सहमति जुटेको हो।

‘प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई दिन हामी सहमत भएका छौ,’ माओवादीका नेता नारायाणकाजी श्रेष्ठले भने, ‘राजनीतिक सहमति लिन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर सत्ता हस्तान्तरण गर्न तयार रहेको पाएकाले यस्तो अधिकार सरकारलाई गठबन्धनले दिएको हो।’

प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेशसभाले पूर्णता पाउन सकेको छैन। त्यस्तै अस्थायी राजधानी नतोक्दा प्रदेशसभा रहने स्थानको टुंगो लाग्न सकेको छैन। बैठकपछि बोल्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडलले प्रदेश प्रमुख र अस्थायी राजधानी तत्काल तोक्ने सहमति भएको प्रतिक्रिया दिए। सरकार र पाँच दलबीच सहमति गरेर अगाडि बढ्ने सहमति भएको पौडेलले बताए।

बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेता सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...