सर्बदलिय बैठकमा ओली नगएको पत्तो पाए पछी उपेन्द्र यादव पनि गएनन्,यस्तो छ ओली-यादव कनेक्शन



हाम्रो इकोनोमि

सुमन सुबेदी

राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा केहीबेर अघि सुरु भएको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्तिका विषयमा दलहरुसँग सहमति खोज्न बैठक बोलाएका हुन् । तर, यो बैठकमा एमाले अध्यक्ष केपी ओली भने सहभागि भएका छैनन् ।

उनको अनुपस्थितिमा एमालेका भीम रावल, विष्णु पौडल र सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गरेका छन् । केही दिनयता झाडापखालाबाट अस्वस्थ भएका एमाले अध्यक्ष केपी ओलीलाई घरमै आराम गर्न चिकित्सकले सुझाव दिएकाले ओली आजको बैठकमा सहभागि नभएको ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार ओलीको स्वास्थ्य अवस्थामा भने क्रमशः सुधार भइरहेको छ ।

त्यस्तै संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागि छैनन् । यादव सप्तरीतर्फ गएकाले उनी पनि बैठकमा अनुपस्थित बनेका छन् । राजपाका तर्फबाट बैठकमा महन्त ठाकुर सहभागि छन् भने माओवादीका अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादल लगायतका नेताहरु सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...