सर्बदलिय बैठकमा ओली नगएको पत्तो पाए पछी उपेन्द्र यादव पनि गएनन्,यस्तो छ ओली-यादव कनेक्शन



हाम्रो इकोनोमि

सुमन सुबेदी

राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा केहीबेर अघि सुरु भएको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्तिका विषयमा दलहरुसँग सहमति खोज्न बैठक बोलाएका हुन् । तर, यो बैठकमा एमाले अध्यक्ष केपी ओली भने सहभागि भएका छैनन् ।

उनको अनुपस्थितिमा एमालेका भीम रावल, विष्णु पौडल र सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गरेका छन् । केही दिनयता झाडापखालाबाट अस्वस्थ भएका एमाले अध्यक्ष केपी ओलीलाई घरमै आराम गर्न चिकित्सकले सुझाव दिएकाले ओली आजको बैठकमा सहभागि नभएको ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार ओलीको स्वास्थ्य अवस्थामा भने क्रमशः सुधार भइरहेको छ ।

त्यस्तै संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागि छैनन् । यादव सप्तरीतर्फ गएकाले उनी पनि बैठकमा अनुपस्थित बनेका छन् । राजपाका तर्फबाट बैठकमा महन्त ठाकुर सहभागि छन् भने माओवादीका अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादल लगायतका नेताहरु सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...