देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली अनुपस्थित,ओली बिनाको बैठकले के-के गर्दैछ



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि नहुने भएका छन् । एमालेका नेता भीम रावलले दिएको जानकारी अनुसार सर्वदलीय बैठकमा आफूसहित सुवास नेम्वाङ, अग्नी खरेल र विष्णु पौडेल सहभागि हुनेछन् ।
केही दिनयता अस्वस्थ रहेका ओली भने आजको बैठकमा पनि सहभागि हुन नसक्ने भएका हुन् ।

प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न आज संसद्मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाएका हुन् । बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी भएका छन् ।

बैठकमा सहमति जुटेलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकैसाथ गर्ने तयारीमा सरकार छ । निर्वाचनलगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो । एमाले र माओवादी केन्द्रका नेताहरूले जनादेशअनुसार नयाँ सरकारले प्रदेश प्रमुख तोक्ने भन्दै सरकारले ‘जबर्जस्त’गरे आफ्ना सांसदहरूले शपथ नलिने चेतावनी दिँदै आएका थिए । कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो ।

निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न ताकेता गर्दै आए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति खोज्न मंगलबारबाटै राजनीतिक परामर्श गरेका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिसकेका छन् । तर आजको बैठकमा एमाले अध्यक्ष ओली सहभागि नहुने भएपछि सहमति वा निष्कर्ष निस्किनेमा आशंका उब्जिएको छ ।

प्रतिक्रिया दिनुहोस
नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...