दुई दिन लगातार बढेको नेप्से आज २० अंकले घट्यो, सबै उपसुचक ओरालो



हाम्रो इकोनोमि

बुधबार नेप्से २०.६३ अंकले घटेर १४१६.६१ अंकमा झरेको छ । सोमबार र मंगलबार बढेको बजार बुधबार घटेको हो । सोमबार नेप्से ४४ अंक तथा मंगलबार २.४४ अंकले बढेको थियो । कारोबारमा आएका सबै समूहको सूचक ओरालो लागेपछि बजार दोहोरो अंकले घटेको हो।

यसदिन सबैभन्दा बढी बीमा समूहको परिसूचक १३४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल २९, माइक्रोफाइनान्स २६.६८, हाइड्रोपावर २६.०१, अन्य समूहको १९, विकास बैंकको १७ र बैंकिङ समूहको परिसूचक १६ अंकले ओरालो लागेका छन् ।

यसदिन १५५ कम्पनीको ४४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १९ करोड कम हो । बजार २० अंकले घट्दा समग्र बजार पूँजीकरण २४ अर्बले घटेर १६ खर्ब ४८ अर्ब कायम भएको छ ।

बुधबारको कारोबारमा सबैभन्दा बढी नेपाल टेलिकमको ४ करोड ३० लाख बराबरको कारोबार भयो । स्ट्याडार्ण्ड चार्टर्ड बैंकको झण्डै चार करोड रुपैयाँको कारोबार हुँदा प्रभु बैंकको ३ करोड ८७ लाखको किनबेच भयो ।

यसदिन मल्टीपरपोज फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत कमाएका छन् भने मिथिला लघुवित्तको ६ प्रतिशतले ओरालो लागेको छ । खानिखोला, कर्णाली डेभलपेमन्ट बैंक तथा रिडी हाइड्रो लगायतका कम्पनीले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...