राप्रपा केन्द्रीय कार्यसमितिको बैठक शुरु



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक बानेश्वरस्थित अनमोल क्याटरिङमा आजदेखि शुरु भएको छ ।

बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारणबारे समीक्षा गरिने र भावी कार्यनीतिबारे छलफल गरी नयाँ रणनीति निर्माण गरिने छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शुरु भएको बैठकमा सहभागी सबै नेतालाई आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाकाबारे दृष्टिकोण राख्न आग्रह गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले मुलुकमा विकास भएको राजनीतिक घटनाक्रमबारे सहभागीलाई जानकारी गराउँदै स्थानीय तहदेखि नै संगठन सुदृढीकरणका लागि वैचारिक छलफल गर्न केन्द्रीय सदस्यलाई आग्रह गर्नुभयो ।

बैठकमा पार्टीका १४० केन्द्रीय सदस्य सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...