गहुँमा फौजी कीरोको प्रकोपल किसान चिन्तिते



गहुँ बालीमा फौजी कीराले नोक्सान गर्न थालेपछि बर्दघाट सुस्ता पश्चिमका किसान चिन्तित बनेका छन् ।

गत वर्ष जस्तै गहुँ बालीमा यस वर्ष पनि फौजी कीराको प्रकोप देखिएको छ । प्रकोपका कारण गहुँ उत्पादनमा ह्रास आउने देखिएको छ । गहुँ उत्पादनका लागि उर्वर मानिएको नवलपरासीमा यस वर्ष फौजी कीराको प्रकोप रामग्राम नगरपालिकाको पश्चिम क्षेत्रमा देखिएको छ ।

आर्मी वर्म नामक फौजी कीरा विशेषगरी रातिमा सक्रिय हुन्छ । किसानले दिउँसोको समयमा विभिन्न कीटनाशक औषधि प्रयोग गर्ने गरेका छन् । फौजी कीराले गहुँको पात काटेपछि गहुँको बोट खैरो हुँदै सुक्ने गरेको रामग्राम नगरपालिका–१६ का राजेन्द्र खवासले बाउनुभयाभयो ।

एक बिगाहा क्षेत्रफलमा गहुँ खेती गर्नुभएका रामग्राम नगरपालिका पजरकट्टीका दीपेन्द्र पाण्डे फौजी कीराको प्रकोप देखिएको बताउनुहुन्छ । गहुँ बढ्ने समयमा किराले पात काट्न थालेको उहाँले बताउनुभयो । गत वर्ष समेत फौजी कीराकै कारण गहुँ उत्पादनमा कमी आएको थियो ।

अधिकांश कृषकले औषधि छर्न थालेका छन् । सो कीरा नियन्त्रणका लागि साइपरमेथ्रिन र क्लोरोपाइरोफस विषादी प्रतिलिटर पानीमा १।५ देखि दुई मिलिलिटरसम्म मिसाएर छर्दा कीरा नियन्त्रण गर्न सकिने जिल्ला कृषि विकास कार्यालयका बाली प्राविधिक योगेन्द्र यादवले बताउनुुभयो । गत वर्ष कार्यालयले उक्त औषधि निःशुल्क रुपमा वितरण गरेको थियो । तर चालु आवमा सम्पूर्ण बजेट र कृषिका कार्यक्रम स्थानीय तहमा गएकाले कृषकलाई औषधि वितरण गर्न नसकिएको यादव बताउनुहुन्छ ।

साइपरमेथ्रिन र क्लोरोपाइरोफस विषादी तथा लारा, कमाण्डो, राहिनो ५०५ औषधि प्रयोग गरे कीरा नियन्त्रण गर्न सकिन्छ । औषधि साँझको समयमा छर्न कार्यालयले सुझाव दिएको छ । गत वर्ष नवलपरासीमा करिब ३५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको बताइएको छ । जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको