देउवाले सिलवाललाई जसरी भए पनि थुन्नु भन्ने आदेश गरे पछी सिलवाललाई ‘उपस्थित गराउन’ प्रहरीले काटेको पत्र यस्तो छ



हाम्रो इकोनोमि

पूर्वडीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवाललाई प्रहरी महानिरीक्षकको बढुवा प्रकरणमा कीर्ते कागजातबारे छानबिन गर्न बयानका लागि उपस्थित गराउन काठमाडौँ प्रहरीले ललितपुर प्रहरीलाई पत्र काटेको छ।

काठमाडौँ प्रहरी परिसरले ललितपुर प्रहरी परिसरलाई लेखेको पत्रमा भनिएको छ-

‘उपरोक्त सम्बन्धन्मा यसमा कार्यालयमा दर्ता भएको मुद्दा दर्ता नम्बर २८३/०७४/०७५ मुलुकी एेन कीर्ते कागजको महलअन्तर्गतको सरकार कागजात कीर्ते मुद्दाको अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्ने पर्ने भएकाे हुँदा निम्न स्थान वतन भएका निम्न व्यक्तिलाई अविलम्ब यस कार्यालयमा उपिस्थित गराई अनुसन्धान कार्यमा सहयाेग गरिदिन हुन अनुराेध गरिएको छ।’

पूर्व डिआइजी सिलवाल सोमबार राति मलेसियातर्फ उडेका छन्। उनी एउटा कार्यक्रमका सिलसिलामा मलेसिया गएको एमाले ललितपुरले जानकारी दिएको छ। उनी एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। प्रधानमंत्री शेर बहादुर देउवाले सिलवाललाई जसरी भए पनि थुन्नु भनेर आदेश दिए पछी पत्र काटेको श्रोतको भनाई छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...