देउवाले सिलवाललाई जसरी भए पनि थुन्नु भन्ने आदेश गरे पछी सिलवाललाई ‘उपस्थित गराउन’ प्रहरीले काटेको पत्र यस्तो छ



हाम्रो इकोनोमि

पूर्वडीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवाललाई प्रहरी महानिरीक्षकको बढुवा प्रकरणमा कीर्ते कागजातबारे छानबिन गर्न बयानका लागि उपस्थित गराउन काठमाडौँ प्रहरीले ललितपुर प्रहरीलाई पत्र काटेको छ।

काठमाडौँ प्रहरी परिसरले ललितपुर प्रहरी परिसरलाई लेखेको पत्रमा भनिएको छ-

‘उपरोक्त सम्बन्धन्मा यसमा कार्यालयमा दर्ता भएको मुद्दा दर्ता नम्बर २८३/०७४/०७५ मुलुकी एेन कीर्ते कागजको महलअन्तर्गतको सरकार कागजात कीर्ते मुद्दाको अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्ने पर्ने भएकाे हुँदा निम्न स्थान वतन भएका निम्न व्यक्तिलाई अविलम्ब यस कार्यालयमा उपिस्थित गराई अनुसन्धान कार्यमा सहयाेग गरिदिन हुन अनुराेध गरिएको छ।’

पूर्व डिआइजी सिलवाल सोमबार राति मलेसियातर्फ उडेका छन्। उनी एउटा कार्यक्रमका सिलसिलामा मलेसिया गएको एमाले ललितपुरले जानकारी दिएको छ। उनी एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। प्रधानमंत्री शेर बहादुर देउवाले सिलवाललाई जसरी भए पनि थुन्नु भनेर आदेश दिए पछी पत्र काटेको श्रोतको भनाई छ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...