पखालाले थलिएका ओली तङ्ग्रिए,एकता संयोजन समितिको बैठक राख्न आजै ओली-प्रचण्डको छलफल हुने



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार साँझसम्म भेटवार्ता हुने सम्भावना बढेको छ। चिसोका कारण २–३ दिन बालकोटस्थित निवासमै रहेका ओली बुधबार विहानदेखि तङ्ग्रिएपछि ओली–प्रचण्डबीच भेटघाटको सम्भावना बढेको हो।

आज हुने सम्भावित भेटमा मूलतः पार्टी एकताका विषयमा नै दुई शीर्ष नेताबीच छलफल हुनेछ। हिजो भएको माओवादी केन्द्रको सचिवालय बैठकमा प्रचण्डले ओलीको स्वास्थ्यस्थितिका कारण २–३ दिन यता ओलीसँग भेट हुन नसकेको बताउँदै छिट्टै पार्टी एकताका विषयमा कुराकानी गर्ने जानकारी गराएका थिए।

‘अध्यक्ष ओलीको स्वास्थ्यस्थिति अहिले राम्रो छ, आज विहानैदेखि भेटघाट गर्न थाल्नु भएको छ’ ओलीका प्रेस सहयोगी चेतन अधिकारीले भने, ‘भेटघाट तय त भइसकेको छैन, तर साँझसम्म दुई शीर्ष नेताहरुबीच भेट हुनसक्छ।’

वाहिर चर्चा गरिएजस्तो एकता संयोजन समितिको बैठक चाहिँ आज बस्ने सम्भावना छैन। ओली–प्रचण्डबीच आज साँझसम्म भेट हुन सक्यो भने त्यसपछिमात्र एकता संयोजन समितिको बैठक बस्न सक्छ। किनभने, पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा सहमति भएपछिमात्र एकता संयोजन समितिको बैठक राख्ने मुडमा ओली–प्रचण्ड छन्।

यसअघि १२ पुषको भेटमा ओली–प्रचण्डले १–२ दिनमै संयोजन समितिको बैठक बस्ने निर्णय गरेका थिए। चाँडै नै पार्टी नेतृत्व सम्बन्धमा सहमति हुने विश्वासका आधारमा त्यो निर्णय भएको थियो। स्रोतले भन्यो, ‘दुईजना अझै नेतृत्वका विषयमा विमर्शमा हुनुहुन्छ, त्यसैले, उहाँहरुबीच सहमति भएपछि मात्र समितिको बैठक हुन्छ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...