असहायको सेवामा रहन पाउदा धेरै खुसी लाग्छ



गोपिनी वस्ती
अध्यक्ष, अनाथ तथा असहाय आशा केन्द्र

नेपाली समाज विभिन्न तह र तप्काबाट निर्मित समाज हो । यस समाजमा विभिन्न खालको मानिसहरु बसोबास गर्दछन् । मान्छेको चाहना पनि मान्छेपिच्छे फरक खालको रहेको छ । यो समाजमा दयावान मानिसहरु पनि बस्छन् भने शोसक र सामन्त मानिसहरु पनि बस्दछन् । हामी यहि समाजको एक सदस्यको रुपमा बसिरहेका छौ ।
हो यहिँ समाजभित्र यस्ता मानिसहरु पनि छन् जो आफूलाई भन्दा अरुलाई माया गर्छन र अरुकै लागि बाँचिरहेका छन् । त्यही मध्यकी एक हुन समाजसेवी गोपिनी वस्ती । उनी अहिले अनाथ तथा असहाय वालवालिकाको भविष्य निर्माणमा लागिरहेका छन् । आफ्नो जीवन भन्नु नै असहाय वालवालिकाको भविष्य सोचेर निरन्तर त्यही सेवामा लागिरहेका छन् । समाज निर्माणमा एक हिस्साको रुपमा आफूले काम गरिरहेको उनको तर्क छ । उनले लामो समयदेखि गरिव तथा टुहुरा वालवालिकाका लागि आश्रय दिने गरी अनाथ तथा असहाय आशा केन्द्र खोलेका छन् । प्रस्तुत छ उनै समाजसेवी वस्तीसँग गरेको कुराकानीको अंश :

तपाई अहिले वालवालिकाको सेवामै हुनुहुन्छ, कहाँबाट आयो यस्तो सोँच ?
मानव भएर जन्मेपछि मानवकै सेवामा रमाउनुपर्छ भन्ने सोच मेरो मानस्पटलमा आयो । म बस्दा रहदा अरुको दुःख देखेर दया लागेर आयो । मैले पनि गरिव, असहायको सहयोग तथा उद्धार गर्नुपर्छ भन्ने भावना जागृत भयो र यसै क्षेत्रमा लाग्ने निधो गर यस कार्यमा हात हालेकी हुँ ।

यो काममा हात हाल्दा अप्ठेराहरु के के थिए ?

मैले यस क्षेत्रमा काम गरेको २२ वर्ष भो । त्यसबेला यहि क्षेत्रमा केही गर्नुपर्छ भनेर मलगायत केही साथीहरु मिलेर एउटा संस्था दर्ता गर्ने निधो ग¥यौ । त्यहीअनुसार संस्था दर्ता गर्ने काम गरियो र काम पनि सुरु गरियो । त्यसबेला हामीले ३० जना विधार्थी बटुल्यौ र एउटा घर भाडामा लिएर चलाउन थाल्यौ । पहिला अर्को यस्तै असहाय केन्द्रमा काम गरेकीले केही अनुभव मसँग थियो । त्यसैअनुसार काम गर्न थाले । बिहान र बेलुकाको छाक मागेरै चलाउन थाले । त्यसरी चलाउदा चलाउदै केही समयपछि एउटा घर लिएर चलाउन थाले । त्यो बेलादेखि गरेको काम आज पनि उस्तै रहेको छ । तर आज पहिलाभन्दा अलि फरक छ । पहिला हामी मानिसहरुको घरघरमा गएर मागेर बालवालिका लाई खुवाउथ्यौ भने अहिले अलि सजिलो भएको छ । नियमित दाता बनाएका छौ । त्यहीबाट आएको धेरथोर रकमले वालवालिकालाई खुवाउने गरेका छौ ।


नियमित सहयोग गर्ने को हुनुहुन्छ भन्न मिल्छ ?
मिल्छ नि किन नमिल्नु । उहाँहरुकै सहयोगले त आज यो अवस्थामा हामी पुगेका छौ । हामीलाई निरत्र सहयो गरिरहनेमा बि एण्ड बी अस्पतालका डा. वैद्य बाँकोटा, गार्मेन्ट चलाएर बस्नुहुने झगिन्द्र घिमिरे, अम्बे सिमेन्टका मालिक्नी लक्ष्मी न्यौपाने, र गामेन्टकै साहु छिरिङ लामा लगायतले सहयोग गरिराख्नुभएको छ । उहाँहरुको सहयोग निरन्तर रहेको छ । यो सहयोग लामो समयसम्म रहोस भन्ने मेरो चाहना रहेको छ ।

विदेशीहरुले चाही सहयोग गर्नुभएको छैन ?

किन नहुनु । हेर्नुहोस अहिले हाम्रो छात्रवासमा विदेशी स्वयंसेवक पनि रहनुभएको छ । मलाई पहिले घर किन्नलाई सहयोग गर्नुभएकै अमेरिकन नागरिक मार्कले हो । उहाँले केही रकम सहयोग गर्नुभएको छ । पहिलेको त्यही घर बेचेर अहिले भक्तपुर झौखेलमा २५ आना जग्गा जोडेका छौ । अब त्यही जग्गामा होस्टेल निर्माण गर्ने सोच गरेका छौ । घर बनाउनका लागि पनि अहिले रकम छैन । सहयोगको याचना गरिरहका छौ । हेरौ के हुन्छ । भगवानले तँ आँट म पु¥याउछु भन्छ रे त्यही अनुसार आँटिरहेका छौ । एक दिन त्यो सपना कसो पो पूरा नहोला ।
तपाईको कमिटीमा को को हुनुहुन्छ ?

मेरो अध्यक्षतामा गठित संस्थामा दिनेश खकुरेल उपाध्यक्ष,धर्मगत भूषाल महासचिव, सुरेश प्रजापति कोषाध्यक्ष र सदस्यहरु रामराजा अधिकारी, मिलन वस्ती, रामकाजी थापा, रोशन गौरी र गोमा वस्ती रहनुभएको छ । उहाँहरुले आफूले सकेको आ आफ्नो ठाउँबाट सहयोग गरिराख्नुभएको छ ।

भविष्यमा अरु के गर्ने सोचमा हुनुहुन्छ ?

म यहीँ बालबालिकाहरुको भविष्य निर्माणमा लागिरहेको छु । यहि काममा सक्रिय हुन पाउदाको खुसी अन्त गएर मैले पाउदिन । होस्टेलमा आएका विभिन्न स्वयंसेवीहरुले विदेश जाम केही समयको लागि घुम्नलाई विदेश भनेका थिए । मलाई यतै रमाईलो लाग्छ । यही बालबच्चाहरुसँग बस्दा रहदा साह्रै आनन्द लाग्छ । त्यसैले म विपदेश जान चाहिन र चाहन्न पनि । मर्न पनि यही बालबच्चाहरुको अगाडी नै मर्न पाऊ भन्ने लाग्छ । मैले राखेर पढाएका वालबच्चाहरु विभभिन्न ठाउँमा पुगेका छन् । उनीहरुको प्रगति देख्दा साह्रै खुसी लाग्छ । उनीहरु प्नि मलाई सम्झेर आउछ्न । औधि खुसी लाग्छ । अब यसरी नै जीवनको गोरेटो समाजसेवा गरर नै विताउने मन छ । सेवाका लागि परिवार त्यागेको मान्छे म । यसैमा रम्ने सोच बनाएको छु । २२ वर्ष सयै क्षेत्रमा बिताए , बाँकी समय पनि यसरी नै बिताउने छु ।

तपाईकहाँ आउने वालवालिका अनाथ तथा टुहुरा नै हुन भन्ने प्रमाण के हुन ?

हेर्नुस हामीले जिल्ला प्रहरी कार्यालय र वडाको सिफारिस बिना वालवालिका ल्याउने गरेका छैनौ । गरिव परिवारमा जन्मेका वालवालिकाको पनि जिप्रकाबाट सिफारिस ल्याएर मात्र हामीले राख्ने गरेका छौ । हामीले त्यही मापदण्डलाई अपनाएर वालवालिकालाई आश्रय दिने गरेका छौ ।

 

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले