तरलता कम गर्न नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बजारमा पठाउदै



हाम्रो इकोनोमि

नेपाल राष्ट्र बैंकले बुधबार बैंकिग प्रणालीमा थप १० अर्ब रुपैयाँ पठाउने भएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम वित्तीय बजारमा पठाउन लागेको हो । गत आइतबार राष्ट्र बैंकले सोही उपकरण मार्फत पाँच अर्ब रुपैयाँ बजारमा पठाएको थियो ।

गत आइतबार राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरेर बैंकहरुलाइए पाँच अर्ब रुपैयाँ दिएको थियो । सो क्रममा १८ वाणिज्य बैंक, दुई विकास बैंक र एक वित्त कम्पनीगरी २१ स्रस्थाले १९ अर्ब रुपैयाँ माग गरेका थिए ।

बैंकहरुको माग अत्याधिक भएपछि राष्ट्र बैंकले आज दश अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो। राष्ट्र बैंकका अनुसार मंगलबारसम्म बैंकिग प्रणालीमा ३१ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।

बैंकहरुले थप रकम माग गरेको अवस्थामा ब्याजदर करिडोर अन्तर्गत रिपो मार्फत आवश्यक रकम पठाउदै लग्ने राष्ट्र बैंकको नीति छ । तर पछिल्लो दुई साता यता कुनैपनि बैंक तथा वित्तीय संस्थाले रिपो मार्फत पैसा लिन नआएको राष्ट्र बैंकको भनाई छ ।

अन्तर बैंक ब्याजदर पाँच प्रतिशत भन्दा बढी पुग्ने अवस्थामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पैसा लिन बोलाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...