तरलता कम गर्न नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बजारमा पठाउदै



हाम्रो इकोनोमि

नेपाल राष्ट्र बैंकले बुधबार बैंकिग प्रणालीमा थप १० अर्ब रुपैयाँ पठाउने भएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम वित्तीय बजारमा पठाउन लागेको हो । गत आइतबार राष्ट्र बैंकले सोही उपकरण मार्फत पाँच अर्ब रुपैयाँ बजारमा पठाएको थियो ।

गत आइतबार राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरेर बैंकहरुलाइए पाँच अर्ब रुपैयाँ दिएको थियो । सो क्रममा १८ वाणिज्य बैंक, दुई विकास बैंक र एक वित्त कम्पनीगरी २१ स्रस्थाले १९ अर्ब रुपैयाँ माग गरेका थिए ।

बैंकहरुको माग अत्याधिक भएपछि राष्ट्र बैंकले आज दश अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो। राष्ट्र बैंकका अनुसार मंगलबारसम्म बैंकिग प्रणालीमा ३१ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।

बैंकहरुले थप रकम माग गरेको अवस्थामा ब्याजदर करिडोर अन्तर्गत रिपो मार्फत आवश्यक रकम पठाउदै लग्ने राष्ट्र बैंकको नीति छ । तर पछिल्लो दुई साता यता कुनैपनि बैंक तथा वित्तीय संस्थाले रिपो मार्फत पैसा लिन नआएको राष्ट्र बैंकको भनाई छ ।

अन्तर बैंक ब्याजदर पाँच प्रतिशत भन्दा बढी पुग्ने अवस्थामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पैसा लिन बोलाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...