ज्योति लाइफले ६६ करोडको आइपीओ जारी गर्ने



हाम्रो इकोनोमि

ज्योति लाइफ इन्स्योरेन्सले आगामी माघ १० गते पहिलो बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पोखरामा हुने साधारण सभाको विशेष प्रस्तावमा आइपिओ निष्कासन गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव साधारण सभा बाट पारित गर्देछ ।

संस्थापकबाट ७० प्रतिशत हुने रकम १ अर्ब ५४ करोड रुपैयाँ पूँजी कायम गरेको कम्पनीको आइपीओ निष्कासन पश्चात बीमा समितिले तोके बमोजिम दुई अर्ब चुक्ता पूँजी पुग्नेछ ।

४२ जना प्रबद्र्धक रहेको उक्त कम्पनीको अधिकृत पूँजी ३ अर्ब रहेको छ । त्यस्तै जारी पूँजी २ अर्ब २० करोड रहेको छ ।

इन्स्योरेन्सको १० वटा शाखा सञ्चालनमा रहेका छन् । एनआईसी एसिया बैंक समेत प्रवद्र्धक रहेको कम्पनीको रजिस्टर्ड कार्यालय पोखरा, कास्की र प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौंमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...