निर्वाचनको समिक्षा गर्न राप्रपा केन्द्रीय समिति बैठक बस्दै



हाम्रो इकोनोमि

निर्वाचनको समिक्षा गर्न र आगामी रणनीति बनाउन राप्रपाको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । प्रवक्ता भुवन पाठककाअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा नै बैठकको मुख्य एजेण्डा छ ।

अध्यक्ष कमल थापाले निर्वाचनमा हार व्यहोर्नुको कारणसहित समिक्षात्मक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची छ । अघिल्लो संसदमा राप्रपाका २५ सांसद रहेपनि प्रतिनिधिसभा निर्वाचनबाट एक सिटमा खुम्चिएको छ ।

मध्यान्ह बस्ने बैठकमा महामन्त्रीले पेश गर्ने संगठनात्मक र कोषाध्यक्षले पेश गर्ने आर्थिक प्रतिवेदनमा पनि छलफल हुनेछ ।

फागुन दोस्रो साता वीरगञ्जमा बस्ने केन्द्रीय परिषद बैठकबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...