निर्वाचनको समिक्षा गर्न राप्रपा केन्द्रीय समिति बैठक बस्दै



हाम्रो इकोनोमि

निर्वाचनको समिक्षा गर्न र आगामी रणनीति बनाउन राप्रपाको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । प्रवक्ता भुवन पाठककाअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा नै बैठकको मुख्य एजेण्डा छ ।

अध्यक्ष कमल थापाले निर्वाचनमा हार व्यहोर्नुको कारणसहित समिक्षात्मक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची छ । अघिल्लो संसदमा राप्रपाका २५ सांसद रहेपनि प्रतिनिधिसभा निर्वाचनबाट एक सिटमा खुम्चिएको छ ।

मध्यान्ह बस्ने बैठकमा महामन्त्रीले पेश गर्ने संगठनात्मक र कोषाध्यक्षले पेश गर्ने आर्थिक प्रतिवेदनमा पनि छलफल हुनेछ ।

फागुन दोस्रो साता वीरगञ्जमा बस्ने केन्द्रीय परिषद बैठकबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...