प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक व्यक्ति हुने गरी एकता गर्ने माओवादी केन्द्रको निर्णय,ओली र प्रचण्ड भोली भेट्ने



हाम्रो इकोनोमि

माओवादी केन्द्रले सरकार र पार्टीको नेतृत्व फरक फरक व्यक्तिले गर्ने अर्थात् न्यायोचित शक्ति बाँडफाँड हुने गरी पार्टी एकता गर्नुपर्ने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो।

बैठक सकिएलगत्तै पार्टी नेता देबेन्द्र पौडेलले भने, ‘पार्टी एकताको विषय धेरै लम्ब्याउनु हुँदैन, पार्टी र सरकारको नेतृत्वमा एउटै ब्यक्ति भएर हुदैन भन्ने निर्णय बैठकले गरेको छ। भोलि पार्टी एकताका बिषयमा अध्यक्षको केपी ओलीसङ्ग छलफल हुनेछ।’

बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभामा भएको अन्तरघातको छानविनका लागि पार्टी नेता अमिक शेरचनको संयोजकत्वमा कार्यदल गठन गरेको छ भने पार्टीलाई साङ्गठनिक रुपमा ब्यबस्थित गर्न रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा कार्यदलसमेत गठन भएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...