कुपोषित बालबालिकाको उपचार गर्न झापा ओटिसी सेन्टर स्थापना



कुपोषित बालबालिकाको पहिचान गरी उपचार गर्न ओटिसी सेन्टर स्थापना गरिएको छ ।

जिल्लाको १५ वटै स्थानीय तहमा ओटिसी सेन्टर स्थापना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासीको घरदैलोमै गएर पाँच वर्षमुनिका कुपोषणको शिकार भएका बालबालिकाको पहिचान गरी शीघ्र उपचार गरिनेछ ।

“कुपोषणको शिकार भएका बालबालिकाको स्वास्थ्य परीक्षण गरेर उपचार गरिने छ”, उहाँले भन्नुभयो, “१५ दिन, एक महिना वा अवस्थाअनुसार सोभन्दा बढी पनि हुन सक्छ ।”

कुपोषित बालबालिकालाई युनिसेफको सहयोगमा तयारी पोषिलो खाना ९आरयुटिएफ० खुवाइने जनस्वास्थ्य प्रमुख कोइरालाले बताउनुभयो । “शरीरलाई आवश्यक सबै पोषक तत्व मिसिएको तयारी खाना बालबालिकालाई दिइनेछ”, उहाँले भन्नुभयो, “एउटा बच्चालाई दिनमा दुई प्याकेट पोशिलो खाना दिइन्छ ।”

झापाका बाढी प्रभावित क्षेत्रका बालबालिकालाई प्राथमिकतामा राखिएको छ । बाढी प्रभावित कचनकवल गाउँपालिकाको बनियानी क्षेत्रमा ३० कुपोषित बालबालिकाको पहिचान गरिसकिएको प्रमुख कोइरालाले बताउनुभयो । हाल ३५० बालबालिकाको उपचार गर्ने लक्ष्य भए पनि आवश्यकताअनुसार थपघट हुनसक्ने जनाइएको छ ।

त्यस्तै, ओटिसी सेन्टर सञ्चालनका लागि २५०स्वास्थ्यकर्मीलाई तालीमसमेत दिइएको छ । तालीमप्राप्त स्वास्थ्यकर्मीले बालबालिकाको शारीरिक अवस्थाको परीक्षण गरी उपचार गर्ने छन् ।

ओटिसी सेन्टरमा उपचार सम्भव नभए अन्य अस्पतालमा उपचारका लागि पठाइने प्रमुख कोइरालाले बताउनुभयो । “मेची अञ्चल अस्पताल वा अन्य कुनै अस्पतालमा थप उपचारका लागि पठाइनेछ”, उहाँले भन्नुभयो ।

सो कार्यक्रम उक्त कार्यालयको समन्वय र युनिसेफको सहयोगमा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न