नेपाल एसबीआई बैंक एक वर्षमा ७० हजार नयाँ बचत खाता खोल्न सफल



हाम्रो इकोनोमि

नेपाल एसबीआई बैंकले एक वर्षमा ७० हजार ९६९ हजार ९ सय ५० नयाँ बचत खाता खोल्न सफल भएको छ ।

बैंकले सोमवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिएको हो । कुल निक्षप खाताहरुको संख्यामा १३.१३ प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्र बैंकले हालै एक बैंकमा एकै व्यक्तिको एकभन्दा बढि खाता खोल्न नपाउने व्यवस्था गरेको छ ।
बैंकको इन्टर बैंकिङ सेवा प्रयोगकर्ताकाृ संख्या २५.९१ प्रतिशतले वृद्धि भएर ५६ हजार पुगेको छ । कार्ड प्रयोग गर्ने ग्राहकको संख्या पनि बैंकमा उच्च छ । ९१ प्रतिशतले कार्डको प्रयोग गर्छन् । गत असारसम्ममा बैंकले ६ लाख २९ हजार कार्ड जारी गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको आव २०७३/७४ मा १४.३६ प्रतिशतले वृद्धि गरेको छ भने १ अर्ब ५२ करोड नाफा आर्जन गरेको छ । खुद व्याज आम्दानी २०.७२ प्रतिशतले बढेर २ अर्ब ९१ करोड रुपैयाँ पुगेको हो ।

बैंकले २ अर्ब ५२ करोड रुपैयाँको साना तथा मझौला कर्जा जारी गरेको छ । बैंकले कुल ६३ अर्ब ७५ करोड रुपैयाँ कर्जा जारी गरेको छ । बैंकको कोषको लागत ३.५४, खर्च आम्दानी अनुपात ३७.९४, कर्जा निक्षेप अनुपात ७५ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १५.७१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...