नेपाल एसबीआई बैंक एक वर्षमा ७० हजार नयाँ बचत खाता खोल्न सफल



हाम्रो इकोनोमि

नेपाल एसबीआई बैंकले एक वर्षमा ७० हजार ९६९ हजार ९ सय ५० नयाँ बचत खाता खोल्न सफल भएको छ ।

बैंकले सोमवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिएको हो । कुल निक्षप खाताहरुको संख्यामा १३.१३ प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्र बैंकले हालै एक बैंकमा एकै व्यक्तिको एकभन्दा बढि खाता खोल्न नपाउने व्यवस्था गरेको छ ।
बैंकको इन्टर बैंकिङ सेवा प्रयोगकर्ताकाृ संख्या २५.९१ प्रतिशतले वृद्धि भएर ५६ हजार पुगेको छ । कार्ड प्रयोग गर्ने ग्राहकको संख्या पनि बैंकमा उच्च छ । ९१ प्रतिशतले कार्डको प्रयोग गर्छन् । गत असारसम्ममा बैंकले ६ लाख २९ हजार कार्ड जारी गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको आव २०७३/७४ मा १४.३६ प्रतिशतले वृद्धि गरेको छ भने १ अर्ब ५२ करोड नाफा आर्जन गरेको छ । खुद व्याज आम्दानी २०.७२ प्रतिशतले बढेर २ अर्ब ९१ करोड रुपैयाँ पुगेको हो ।

बैंकले २ अर्ब ५२ करोड रुपैयाँको साना तथा मझौला कर्जा जारी गरेको छ । बैंकले कुल ६३ अर्ब ७५ करोड रुपैयाँ कर्जा जारी गरेको छ । बैंकको कोषको लागत ३.५४, खर्च आम्दानी अनुपात ३७.९४, कर्जा निक्षेप अनुपात ७५ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १५.७१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...