एमालेको दाह्रा किटाउदै देउवा सरकारले बिहिबार उल्का बर्साउने यस्तो निर्णय गर्दै,ओलीले देउवालाई सरापे पनि सात भाईको भाग्य चम्काउने



हाम्रो इकोनोमि

सरकार आगामी बिहीबार (पर्सी) प्रदेश प्रमुख र राजधानी तोक्ने गरि तयारी थालेको छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशको प्रमुख तोक्ने गरि तयारी भइरहेको प्रधानमन्त्री नकिट स्रोतले जनाएको छ ।

‘अब ढिलाइ गर्नुहुँदैन भन्नेमा छौँ । यसका लागि प्रधानमन्त्री छलफल गर्दै हुनुहुन्छ,’ वाणिज्यमन्त्री मीन विश्वकर्माले भने, ‘बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र उनीहरू बस्ने केन्द्र पनि तोक्छ ।’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रमुख तोक्ने तयारी भइरहेको जानकारी दिए ।

सरकारले प्रदेश सभा प्रमुखमा समाजमा ख्यातिप्राप्त व्यक्तिहरूलाई तोक्ने तयारी गरी केही नाममा छलफल पनि गरेको थियो । तर, चर्चामा ल्याइएका त्यस्ता व्यक्तिहरूले नै इच्छा नदेखाएपछि सरकारले फेरि पार्टीनिकटकै प्रतिष्ठित व्यक्तिलाई बनाउने तयारी गरेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।

‘पहिले पार्टीनिकट मात्रै भन्दा पनि समाजमा प्रतिष्ठितलाई बनाउने तयारी थियो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘तर, उनीहरू सबैले इच्छा देखााएनन् । प्रदेश प्रमुखका लागि यसअघि केदारभक्त माथेमा, भोजराज पोखरेल, दोलखबहादुर गुरुङ, विद्याधर मल्लिक, विमल कोइराला, तीर्थमान शाक्य, दामोदर गौतम, भोजराज घिमिरे, कृष्ण ज्ञवाली, शान्तबहादुर श्रेष्ठ, शान्तराज सुवेदीसहितको चर्चा थियो ।

दलहरूबीच विवाद भएपछि उनीहरूले इच्छा देखाएका थिएनन् । ‘क्रिया–प्रतिक्रिया भएपछि पहिलेका नाम रोकिएको र फेरि गृहकार्य भइरहेको कांग्रेस नेता बालकृष्ण खाणले जानकारी दिए । शीर्ष तह, कानुनविद्, प्राज्ञिक व्यक्तित्वसँग छलफल गरेर सबैले स्वीकार गर्ने समाजका प्रतिष्ठित मानिसहरूलाई नै प्रमुख बनाउने गरी तयारी भएको उनले बताए ।

बिहीबार प्रदेश प्रमुख तोक्ने भनिए पनि अहिले सम्म सरकारकाले एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुसंग छलफल गरेको छैन् । एमाले र माओवादीले आफूहरुसंग छलफल नगरि सकारले गर्ने नियुक्ति अमान्य हुने बताउदै आएका छन् ।

सरकारले बिना छलफल प्रदेश प्रमुख तोक्ने तयारी गरेपछि एमाले आक्रोशित बनेको छ । सरकारको निर्णय अस्विकार गर्ने उसले चेतावनी दिएको छ । सरकारले एकलौटी ढङ्गले निर्णय गरेर प्रदेश प्रमुख तोके एमालेले कुनै हालतमा नमान्ने एमाले उपाध्यक्ष भिम रावलले बताए ।

यसकारण छिटै तोक्नुपर्छ प्रदेश प्रमुख

निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ । प्रदेश प्रमुखले प्रतिवेदन पाएको २० दिनभित्र प्रदेश सभाको पहिलो अधिवेशन बोलाउनुपर्छ । प्रदेश प्रमुखले प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउँछन् । शपथग्रहण गरेपछि मात्र राष्ट्रिय सभा सदस्यका लागि प्रदेशका सदस्यले मतदान गर्न पाउँछन् ।

बिहीबार नै राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा हुने

बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्ने भएको छ । निर्वाचन आयोगसँग परामर्श भएपछि राष्ट्रिय सभा निर्वाचनको मिति बिहीबार नै तोक्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकराी दिए ।

‘निर्वाचन आयोगका पदाधिकारीले राष्ट्रिय सभाको निर्वाचन गर्ने मितिका लागि छलफल गरेर दिन सजेस्ट गर्छौँ भन्नुभएको छ । आयोगसँगको परामर्शअनुसार तीन–चार दिनभित्र मिति तोक्ने भन्ने भएको छ,’ परियारले भने ।

प्रतिक्रिया दिनुहोस
महेश बस्नेतविरुद्ध रास्वपाका राजीव खत्री मैदानमा

    आगामी प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर-२ बाट नेकपा (एमाले) का सचिव महेश बस्नेतविरूद्व...

मन्त्री गुप्ताले दिए पदबाट राजीनामा

    अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्...

बालेन साहले मेयरबाट दिए राजीनामा

    मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् ।  उपमेयर...

बझाङमा ऎन महर र कञ्चनपुर १ मा तारा लामाले टिकट पाए

    नेकपा एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर गरेको छ ।...