प्रभु बैंकको ४० प्रतिशत हकप्रद माघ ७ देखि खुला



हाम्रो इकोनोमि

प्रभु बैंकले हकप्रद बिक्रि गर्ने भएको छ। बैंकले १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशतका दरले माघ ७ देखि फागुन १३ गतेसम्मका लागि हकप्रद बिक्रि गर्न लागेको हो।

बैंकले २ अर्ब ३५ करोड रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार ६९८ कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

हकप्रद प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकाले पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन। पुष २० सम्म कायम शेयरधनीले विक्री प्रबन्धक सनराइज क्यापिटल, प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् ।

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ८८ करोड रहेकोमा ४० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ८ अर्ब २४ करोड पुग्ने छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २५ करोड ७ लाख खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...