प्रभु बैंकको ४० प्रतिशत हकप्रद माघ ७ देखि खुला



हाम्रो इकोनोमि

प्रभु बैंकले हकप्रद बिक्रि गर्ने भएको छ। बैंकले १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशतका दरले माघ ७ देखि फागुन १३ गतेसम्मका लागि हकप्रद बिक्रि गर्न लागेको हो।

बैंकले २ अर्ब ३५ करोड रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार ६९८ कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

हकप्रद प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकाले पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन। पुष २० सम्म कायम शेयरधनीले विक्री प्रबन्धक सनराइज क्यापिटल, प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् ।

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ८८ करोड रहेकोमा ४० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ८ अर्ब २४ करोड पुग्ने छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २५ करोड ७ लाख खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस
२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...