आगलागीमा दुई घर जले



हाम्रो इकोनोमि

पश्चिम बागलुङको बुर्तिबाङ बजारमा गएराति भएको आगलागीमा दुई घर जलेका छन् ।

स्थानीय गणेश बुढा र रामबहादुर घर्तीका पक्की तीनतले घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताउनुभयो ।

आगलागीको घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेपनि मानवीय क्षति भने नभएको उहाँको भनाइ छ । आगलागीको कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । समयमै आगलागी नियन्त्रणमा लिइएका कारण अन्यत्र फैलन नपाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...