कांग्रेस सहितका ६ दलको समानुपातिक सुची फिर्ता गर्दियो निर्वाचन आयोगले,अब के हुन्छ?



हाम्रो इकोनोमि

निर्वाचन आयोगले दलहरुले बुझाएको प्रदेश समानुपातिक सूचीमा त्रुटि देखिएको र सच्याउन तीन दिनको समय दिँदै नेपाली कांग्रेससहित ६ वटा दलहरुलाई मंगलबार पत्राचार गरेको छ।

दलहरुले पठाएको समानुपातिक सूचीमाथि छानबिन गर्दा आयोगले संविधानको बाध्यात्मक मापदण्ड अनुसार मेल नखाएकाले उनीहरुलाई उक्त सूची सच्याउने मौका दिइएको हो।

आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समावेशी र पहिलेको प्राथमिक क्रमानुसार सूची बनाएर पठाउन पत्राचार गरिएको छ।

आयोगले दलहरुले बुझाएको प्रदेश समानुपातिक सूचीमाथिको छानबिन मंगलबार साँझमात्रै सम्पन्न गरेको थियो।

उक्त सूची संविधानमा उल्लेख गरिए अनुसार समावेशी र पहिलेको प्राथमिक क्रमानुसार छन् कि छैनन् भन्नेबारे रुजु गरिएको थियो। निर्धारित म्याद (शुक्रबार) भित्र दलहरुले पठाएको सूचीलाई शनिबारदेखि निरन्तर रुजु गर्ने काम सुरु भएको थियो। नामावली विधिसम्मत भएको भए आयोगले मंगलबार नै अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको थियो ।

नेकपा एमालेले सबैभन्दा धेरै ७५ समानुपातिक सांसद पाएको छ। नेपाली कांग्रेसले एमालेको भन्दा तीन सांसद कम पाएको छ भने नेकपा माओवादी केन्द्रले ३५ जना, संघीय समाजवादी फोरमले १३, राष्ट्रिय जनता पार्टीले १२, राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा विवेकशीलले ३/३ सिट पाएका छन्। यस्तै राष्ट्रिय जनमोर्चाले २ जना सांसद पाएको छ। नेपाल मजदुर किसान पार्टी, नयाँ शक्तिलगायत अन्य तीन दलले १/१ सिट पाएका छन्। मुलुकका सात वटै प्रदेशसभाका समानुपातिक सांसद २ सय २० सिट रहने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...