ब्याजदर नबढाउने बैंकको प्रतिवद्धताले एकैदिन ४४ अंकले बढ्यो सेयर बजार



हाम्रो इकोनोमि

बैंकहरुले ब्याजदर नबढाउन भनेपछि सोमबार सेयर बजार ४४.२२ अंकले बढेको छ ।आइतबार २४ अंकले घटेको बजार सोमबार झण्डै दोब्बर अंकले बढेको हो । स्थिर ब्याजदरले लगानीकर्तामा आशा जगाएको छ ।

बैंकहरुले आइबार १२ प्रतिशतभन्दा बढि ब्याज नबढाउने भद्र सहमति गरेको समाचार सार्बजनिक भएपछि शेयर बजारमा सकारात्मक प्रभाव परेको हो

सोमबारको कारोबारमा ४४.२२ अंकले बृद्धि हुँदै नेप्से १४३४.८० अंकमा रोकिएको छ। ३.१८ प्रतशितले बढेको बजारमा कारोबार भने ४९ करोड ४३ लाख रुपैयाँको मात्र भयो। बजार बढेको तुलनमा कारोबार रकम भने धेरै न्युन भएको छ, जवकी गत १३ गते बिहीबार २४ अंकले बजार घट्दा पनि ७३ करोड २६ लाख रुपैयाँको कारोबार भएको थियो।

आज सबैभन्दा धेरै होटल ५.३३ प्रतिशत त्यस्तै माइक्रोफाइनान्स ४.१३, वाणिज्य बैंक ३.५८, हाइड्रोपावर ३.१४, विकास बैंक २.८५, फाइनान्स १.८३, ट्रेडिङ १.४९ उत्पादन १.०१ प्रतिशतले बढेको छ। तर एक अन्य उपसूचक भने ०.११ प्रतिशतले ओरालो लागेको छ।

सबै भन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको दुर्इ करोड ८८ लाख रुपैयाँको कारोबार भयो। त्यस्तै राष्ट्रिय बीमा कम्पनीका प्रमोटर शेयरधनीले ८.५४ प्रतिशतले कमाएका छन् भने पुर्णिमा विकास बैंकका शेयर धनीले ३.०८ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...