ओली र प्रचण्डलाई थान्को लगाएर माधब नेपाल अध्यक्ष र ईश्वर पोखरेललाई प्रधानमन्त्री बनाउने यस्तो छ भित्री कसरत,को-को लागे त्यस्तो खेलमा?



हाम्रो इकोनोमि

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र माओवादी केन्द्रवीचको पार्टी एकताको लागि नयाँ विकल्प अघि सारेका छन् ।उनले पदीय व्यवस्थापनमा समस्या देखिएकोले प्रमुख नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अभिभावकीय भूमिका निर्वाह गर्ने र पार्टी नेतृत्व र अब बन्ने सरकारको नेतृत्वको लागि नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने विकल्प अघि सारेका छन् ।

स्रोतका अनुसार उनले अनौपचारिक रुपमा यसबारेमा पार्टीका शीर्ष नेताहरुसँग छलफल सुरु गरिसकेका छन् । नेता भट्टराईले पार्टी अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता माधव कुमार नेपाललाई दिनुपर्ने र प्रधानमन्त्रीमा महासचिव ईश्वर पोखरेललाई अघि सार्नुपर्ने धारणा राखेका छन् ।

पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकिरहेको बेला योगेशको यस्तो धारणा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुवै पार्टीका शीर्ष नेताहरुले सरकार गठन अगावै पार्टी एकता हुने धारणा राखेका छन्। तर ओली प्रधानमन्त्री बनाउने कुरामा करिब करिब दुवै पार्टीका नेताहरुको सहमति भएपनि अध्यक्षमा प्रचण्डलाई स्विकार्न एमाले नेताहरु तयार नभएको देखिएको छ । यसले गर्दा एकतामा ढिलाई भैरहेको सूत्रहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...