जनादेशलाई औपचारिकता दिन नेम्बाङको जोड



हाम्रो इकोनोमि

नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्बाङले प्रदेश र संसद्को निर्वाचनबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने औँल्याउनुभएको छ ।

झापाको दमकमा आज बिहान पत्रकारसँग कुराकानी गर्नुहुँदै नेता नेम्बाङले वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको बताउनुभयो ।

निर्वाचन आयोगप्रति निकै आक्रामक देखिनुभएका नेम्बाङले जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक आशंका जन्माएको टिप्पणी गर्नुभयो । “आयोगको कामकारबाहीप्रति शंका जन्मिएको छ, त्यसमा आयोग गम्भीर बनोस्” नेता नेम्बाङले भन्नुभयो ।

राष्ट्रियसभाको निर्वाचन गराएर मात्र नयाँ सरकार बन्न सक्ने तर्क गर्न खोज्नु जनमतको भावना विपरीत हुने नेम्बाङको दाबी थियो । उहाँले भन्नुभयो “नयाँ सरकार निर्माण गर्न राष्ट्रियसभाले असर गर्दैन ।”

इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता नेम्बाङले वाम गठबन्धनबीचको एकता कसैले रोक्न नसक्ने धारणा राख्नु भयो । निर्वाचनबाट वाम गठबन्धनको घोषणापत्र अनुमोदित भइसकेको चर्चा गर्नुहुँदै नेम्बाङले भन्नुभयो “त्यसले छिट्टै पूर्ण आकार निर्माण गर्दैछ त्यसमा कसैले आशंका गर्न आवश्यक छैन ।”

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...