बाबुराम र उपेन्द्रको चाहना पनि गठबन्धनतिरै ?



हाम्रो इकोनोमि

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि वाम गठबन्धनतिरै लहसिने खालको छ । त्यसैका लागि दुवै नेताले गठबन्धनका शीर्ष नेतृत्वसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

उपेन्द्रको ओलीसँग र बाबुरामको ओली–दाहालसँगको भेटको मूल मक्सद पनि त्यसैभित्र निहित छ । एमाले–माओवादी दुवै दलले कांग्रेस र राजपालाई छाडेर उपेन्द्र र बाबुरामलाई भने आफूतिरै तान्ने प्रयास जारी राखेका बेला उनीहरूले पनि गठबन्धनतिरै ढल्किने संकेत गरेका छन् ।

तर, एमाले–माओवादीले पार्टी एकता गर्दा कम्युनिस्ट पार्टीको नाम नराखी समाजवादी नाम राखेमा आफूहरूलाई पनि एकतामा आउन सहज हुने उनीहरूको तर्क छ । आइतबार माओवादी अध्यक्ष दाहालसँग नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई दम्पतीको भेटको अन्तर्य पनि त्यसैभित्र निहित रहेको माओवादी स्रोत बताउँछ । आफ्नै नयाँ निवास खुमलटारमा भेट गर्न आइपुगेका भट्टराईलाई दाहालले मूलधारमै आउन आग्रह गरेका थिए । ‘बाबुरामजी पनि कांग्रेसतिर जानुहुन्न, उहाँको एउटै कुरा कम्युनिस्ट भन्ने शब्द नराखी समाजवादी पार्टी राखिदिए हुन्थ्यो भन्ने देखिन्छ,’ माओवादी नेता पौडेलले भने, ‘उहाँहरूलाई यतै ल्याउने पहल जारी छ ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...