साताको पहिलो दिन नेप्से २४ अंकले घट्यो, सूचक ६ महिनाकै न्यून विन्दूमा



साताको पहिलो दिन आज नेप्से परिसूचक २४.२ अंकले घटेर विगत ६ महिनाकै न्यून १३९०.५८ विन्दूमा सीमित बन्न पुुगेको छ ।

आज होटल बाहेकका सबै परिसूचक ओरालो लागेको छ । बैकिंग समूह १६.३५ अंकले घट्यो भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहमा क्रमशः ८३.९, १६.७७ र ३७.५२ अंकको गिरावट आयो । यो दिन जलविद्युत समूह १२.२६ अंकले घट्यो भने बित्त समूह ३.२१, व्यापारिक समूह ४.३९, उत्पादनमूलक ८ र अन्य समूह ५५.८१ अंकले घट्यो । होटल समूहमा भने ४.८८ अंकको वृद्धि देखियो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स ५.५ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि १.४४ अंकले घट्न पुुग्यो ।

आइतबार बजारमा १ सय ५८ कम्पनीका १८ लाख २५ हजार १ सय ८२ कित्ता सेयर ५८ करोड ७८ लाख २६ हजार ८ सय १० रुपैयाँमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी एनसीसी बैंकको ९ करोड ६९ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, प्रभूू बैंकको ३ करोड ७८ लाख बढीको संस्थापक सेयरको समेत कारोबार भएको बजारमा स्ट्याण्डर्ड चार्टर्डले २ करोड बढी, नबील बैंकले १ करोड ९८ लाख बढी, नागरिक लगानीकोषले १ करोड ९० लाख बढी, महुली सामुदायिक लघुवित्त संस्थाले १ करोड ६८ लाख बढी, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४६ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३९ लाख, नेपाल टेलिकमले १ करोड ३६ लाख र नेपाल बैंक लिमीटेडले १ करोड ३२ लाख बढीको कारोबार गर्यो ।

यो दिन पोखरा फाइनान्सका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भयो । सबैभन्दा धेरै नेपाल टेलिकमका लगानीकर्ताले गुमाए । यो कम्पनीको मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो । श्री इन्भेष्टमेन्ट फाइनान्स, वरुण हाइड्रोपावर र डिप्रोक्स डेभलपमेन्ट बैंक लिमीटेडले समेत साढे ६ प्रतिशत भन्दा बढीले सम्पत्ति गुमाए ।

प्रतिक्रिया दिनुहोस
तोलाको ७ हजार ५ सयले घट्यो सुनको मुल्य

    नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

चैत मसान्तसम्म २९ प्रतिशत विकास खर्च

    चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९

प्रधानमन्त्रीद्धारा नबिल बैंक सम्मानित

    नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभा

सहकारीको बचतमा तोकियो नयाँ मापदण्ड

    बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूका लागि नयाँ मापदण्ड जारी