साताको पहिलो दिन नेप्से २४ अंकले घट्यो, सूचक ६ महिनाकै न्यून विन्दूमा



हाम्रो इकोनोमि

साताको पहिलो दिन आज नेप्से परिसूचक २४.२ अंकले घटेर विगत ६ महिनाकै न्यून १३९०.५८ विन्दूमा सीमित बन्न पुुगेको छ ।

आज होटल बाहेकका सबै परिसूचक ओरालो लागेको छ । बैकिंग समूह १६.३५ अंकले घट्यो भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहमा क्रमशः ८३.९, १६.७७ र ३७.५२ अंकको गिरावट आयो । यो दिन जलविद्युत समूह १२.२६ अंकले घट्यो भने बित्त समूह ३.२१, व्यापारिक समूह ४.३९, उत्पादनमूलक ८ र अन्य समूह ५५.८१ अंकले घट्यो । होटल समूहमा भने ४.८८ अंकको वृद्धि देखियो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स ५.५ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि १.४४ अंकले घट्न पुुग्यो ।

आइतबार बजारमा १ सय ५८ कम्पनीका १८ लाख २५ हजार १ सय ८२ कित्ता सेयर ५८ करोड ७८ लाख २६ हजार ८ सय १० रुपैयाँमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी एनसीसी बैंकको ९ करोड ६९ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, प्रभूू बैंकको ३ करोड ७८ लाख बढीको संस्थापक सेयरको समेत कारोबार भएको बजारमा स्ट्याण्डर्ड चार्टर्डले २ करोड बढी, नबील बैंकले १ करोड ९८ लाख बढी, नागरिक लगानीकोषले १ करोड ९० लाख बढी, महुली सामुदायिक लघुवित्त संस्थाले १ करोड ६८ लाख बढी, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४६ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३९ लाख, नेपाल टेलिकमले १ करोड ३६ लाख र नेपाल बैंक लिमीटेडले १ करोड ३२ लाख बढीको कारोबार गर्यो ।

यो दिन पोखरा फाइनान्सका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भयो । सबैभन्दा धेरै नेपाल टेलिकमका लगानीकर्ताले गुमाए । यो कम्पनीको मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो । श्री इन्भेष्टमेन्ट फाइनान्स, वरुण हाइड्रोपावर र डिप्रोक्स डेभलपमेन्ट बैंक लिमीटेडले समेत साढे ६ प्रतिशत भन्दा बढीले सम्पत्ति गुमाए ।

प्रतिक्रिया दिनुहोस
एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...