कमल थापा संग जोरी खोजेका मन्त्री गिरीलाई देउवाले पदमुक्त गर्दै थापालाई नयाँ मन्त्री तोके



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदमुक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा मन्त्री बनेका गिरीलाई राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाकाे दबाबमा प्रधानमन्त्री देउवाले आइतबार पदमुक्त गरेका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव बद्री अधिकारीले मन्त्री गिरीलाई प्रधानमन्त्रीले पदमुक्त गरेको पुष्टि गरे । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा सहरी विकासमन्त्री दिलनाथ गिरीलाई प्रधानमन्त्रीज्यूले पदमुक्त गर्नुभएको छ,’ उपसचिव अधिकारीले भने ।

उनले सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीसमेत रहेका कमल थापालाई दिइएको जानकारी दिए ।
राप्रपाको सिफारिसमा मन्त्री बनेका गिरीलाई पदबाट बर्खास्त गर्न शुक्रबार सो पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री थापाले प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा सचिव परिवर्तनको विषयलाई लिएर मन्त्री गिरी र उपप्रधानमन्त्री थापाबीच बाझाबाझ भएको थियो । गिरीले सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई सरुवा गरी भखैरै मात्र सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकबाट सचिवमा बढुवा भएका डा. रमेशकुमार सिंहलाई ल्याउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेश गरेका थिए ।त्यसपछि मन्त्री थापाले मन्त्री गिरीलाई आफूसँग सल्लाह नै नगरी सचिव परिवर्तनको प्रस्ताव ल्याएको भन्दै हपारेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...