निर्वाचन आयोगको कार्यशैली शंकास्पद : नेता ज्ञवाली



हाम्रो इकोनोमि

नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर–१, का ससंद प्रदिप ज्ञवालीले निर्वाचन आयोगको कार्यशैली शंकास्पद रहेको टिप्पणी गर्नुभएको छ ।

आइतबार प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले ‘निर्वाचन आयोग कुनै राजनीतिक दलको पक्ष र विपक्ष भएर समानुपातिकतर्फको नतिजा निकाल्न आनाकानी गर्नु लज्जास्पद विषय भएको बताउनुभयो । उहाँले निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम नगरेको आरोप लगाउनुभयो ।

उहाँले संविधान र कानुनको अपव्याख्या गरेर अहिलेको सरकारले दीर्घकालिन असर पर्ने निर्णयहरु गरिरहेको बताउनुभयो । ‘सरकारले सहमती भन्दा निहुँ खोजिरहेको छ’, ज्ञवालीले भन्नुभयोे, ‘ आयोगका कुनै निर्णय पनि वाम गठबन्धनलाई मान्य छैनन् ।’

अहिलेको सरकारले ताजा जनादेशको अपमान गरेको ज्ञवालीले बताउनुभयो । चुनावको मत परिणाम सार्वजनिक भएको १५ दिन बितिसक्दासमेत सरकारले कुर्सीमै रमिता देखाई रहेको नेता ज्ञवालीले आरोप लगाउनुभयो । ज्ञवालीले समानुपातिकतर्फको नतिजा सार्वजनिक नगर्ने निर्वाचन आयोग र सरकारको गतिविधि शंकास्पद रहेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...