चोरीको आरोपमा १६ वर्षीय टेकबहादुर पक्राउ



हाम्रो इकोनोमि

सदरमुकाममा भएका विभिन्न चोरीका घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ वर्षीय टेकबहादुर किसानलाई पक्राउ गरेको छ ।

जैमिनी नगरपालिका–१ घर भई हाल बागलुङ नगरपालिका–२ मा डेरा गरी बस्ने किसानलाई चोरीका सामान र नगदसहित पक्राउ गरिएको हो । पछिल्लो एक महिनामा भएका छ वटा चोरीका घटनामा किसानको संलग्नता देखिएको भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत मंसिर २० गते मध्यरातमा बानपा–२ स्थित धौलागिरि टेलिटक प्रालिको कार्यालयबाट रु ६१ हजार २४० चोरी भएको थियो । त्यसयता शृंखलाबद्धरुपमा चोरीका घटना भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको थियो ।

प्रहरीले किसानको कोठाबाट चोरी भएका नगद, गरगहना, विद्युत् र किराना पसलका सामान, रिचार्ज कार्ड र अन्य कागजात फेला परेको जनाएको छ । प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीको टोलीले चोरीका घटनाको अनुसन्धान गर्दा किसान चोरीमा संलग्न भएको पत्ता लगाएको हो । आमा भविकलाका साथमा बस्दै आएका टेकबहादुरमाथि चोरी मुद्दामा थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...