चोरीको आरोपमा १६ वर्षीय टेकबहादुर पक्राउ



हाम्रो इकोनोमि

सदरमुकाममा भएका विभिन्न चोरीका घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ वर्षीय टेकबहादुर किसानलाई पक्राउ गरेको छ ।

जैमिनी नगरपालिका–१ घर भई हाल बागलुङ नगरपालिका–२ मा डेरा गरी बस्ने किसानलाई चोरीका सामान र नगदसहित पक्राउ गरिएको हो । पछिल्लो एक महिनामा भएका छ वटा चोरीका घटनामा किसानको संलग्नता देखिएको भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत मंसिर २० गते मध्यरातमा बानपा–२ स्थित धौलागिरि टेलिटक प्रालिको कार्यालयबाट रु ६१ हजार २४० चोरी भएको थियो । त्यसयता शृंखलाबद्धरुपमा चोरीका घटना भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको थियो ।

प्रहरीले किसानको कोठाबाट चोरी भएका नगद, गरगहना, विद्युत् र किराना पसलका सामान, रिचार्ज कार्ड र अन्य कागजात फेला परेको जनाएको छ । प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीको टोलीले चोरीका घटनाको अनुसन्धान गर्दा किसान चोरीमा संलग्न भएको पत्ता लगाएको हो । आमा भविकलाका साथमा बस्दै आएका टेकबहादुरमाथि चोरी मुद्दामा थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...