एमालेलाई जीतको उन्मादमा दम्भ नदेखाउन भन्दै प्रचण्डले भने अब कांग्रेस संग सहकार्य गरेर अघि बढिन्छ



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितको दम्भ नदेखाउन एमाले नेताहरुलाई सचेत गराएका छन् । जितमा दम्भ शोभनिय नहुने उनको भनाई छ ।

आइतबार आज बिहान अध्यक्ष निवास खुमलटारमा टोल सुधार समितिको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुशासनका निम्ति सबै दलहरु एकतावद्ध हुन आवश्यक रहेको बताए । उनले कांग्रेसलाई साथमै लिएर अघि बढ्ने स्पष्ट पारे ।

वाम गठबन्धनलार्इ दिएको बहुमतको उच्च कदर हुने भन्दै प्रचण्डले छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गरिने बताए ।

अर्को प्रसङ्गमा अध्यक्ष दाहालले भने “वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत प्राप्त भएको छ । त्यो मतलाई हामी देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील छौँ । जनताले पनि हामीबाट ठूलो अपेक्षा गरेका छन् । जनताको उक्त अपेक्षालाई हामी पूरा गर्छौं । कार्यान्वयनमा लैजान्छौँ ।”

उनले राजनीतिक स्थायित्व कायम गरेर देशलाई आर्थिक समृद्धिको दिशामा लैजान आफूहरु क्रियाशील रहेको बताउँदै अब सुशासन र विकासको युग शुरु भएको छ भन्नुभयो । “आर्थिक समृद्धि, सुशासन तथा जनताको पक्षमा काम गर्ने जिम्मेवारी वाम गठबन्धनको काँधमा आएको छ”, उनले भने ।

नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ मत दिए पनि प्रतिपक्षमा रहेका दललाई समेत समेटेर लैजानेतर्फ आफू क्रियाशील रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...