कांग्रेस ५० वर्ष सत्तामा नआउने योगेश भट्टराईको दावी



हाम्रो इकोनोमि

एमाले सञ्चार इलाका कमिटीले आइतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र माओवादी केन्द्रबीच एकता कसैले रोक्न नसक्ने दावी गरे । पार्टी एकता भएपछि प्रचण्ड र ओलीसहितका पहिलो पुस्ताका नेताहरुको शत प्रतिशत अंक पुग्ने उनले बताए ।

एमाले प्रचार बिभाग प्रमुख समेत रहेका भट्टराईले चुनाव हारिसक्दा पनि कांग्रेस र शेरवहादुर देउवाले सत्ता नछाड्ने नकच्चरो प्रवृति देखाएको आरोप लगाए । उनले अब ५० वर्ष कांग्रेस सत्तामा नआउने दावी समेत गरे ।

भट्टराईले भने–वंशजका शासकले  अन्तिममा जसरी चुरीफुरी देखाउछन्,अहिले शेरवहादुर देउवाले त्यस्तै शैली देखाएका छन् उनले भने ।

उनले केपी ओली र प्रचण्डलाई नेल्सन मण्डेला जस्तो बन्ने अवसर आएको बताएका छन् ।

पार्टी एकता सम्पन्न गरेपछि दुवै नेताले नेल्सन मण्डेल जस्तै सर्वमान्य बन्ने गरि पार्टीको कार्यकारी भूमिकबाट विदा लिनु उपयुक्त हुने उनको सुझाव छ ।

उक्त सम्मान कार्यक्रममा भट्टराईले भने, ‘ओली र प्रचण्डले आफूले गर्न सक्ने योगदान दिनुभयो,माधव नेपाल,झलनाथ खनाल र बामदेव गौतमहरुले पनि जति योगदन दिनुपर्ने हो दिइसक्नुभएको छ,अब उहाँहरुले अवकाश लिँदा हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...