जन्मदिनमा यस्तो देखिए पुर्व राजा ज्ञानेन्द्र शाहका एक्ला छोरा पारश (भिडियो)



हाम्रो इकोनोमि

छोराछोरीसँगै बसेर पूर्व युवराज पारशले आफ्नो ४७ औं जन्म दिन मनाएका छन्। उनी बस्दै आएको सुनाकोठीस्थित निवासमा उनले आफ्नो जन्म दिन मनाएका हुन्।

सुनाकोठी निवास पारशका भाई विकास विक्रम शाहको हो। विकास दरवार हत्याकाण्डमा ज्यान गुमाएकी अधिराजकुमारी शारदाका छोरा हुन्।

सात रोपनी क्षेत्रफलमा फैलिएको सो निवास धीरेन्द्रकी छोरी शीताष्मालाई बस्दै आएकी छन् । र, ब्याङ्ककबाट फर्केको केही समयपछि पारशपनि त्यहीँ बस्न थालेका छन्।

सुनाकोठीस्थित बंगला शीताष्मा–पारशलाई जिम्मा लगाएका विकास आफू भने महाराजगञ्जस्थित जीवनकुन्ज पछाडिको जीरोकुञ्ज नामक आफ्नै निवासमा बस्छन्।

केही महिना यता पारश सामाजिक सञ्जाल र सार्वजनिक स्थानहरुमा समेत सक्रिय छैनन्। लामो समयपछि जन्मदिवसमा पारश लामो कपाल र बाक्लो दारीजुँगामा देखिए।

शुभेच्छुकबाट शुभकामना ग्रहण गर्दै पूर्व युवराज पारश,पछाडि हृदयेन्द्र

शुभेच्छुकबाट शुभकामना ग्रहण गर्दै पूर्व युवराज पारश,पछाडि हृदयेन्द्र

आफ्ना शुभेच्छुकहरुको शुमकामना ग्रहण गरिरहँदा पुत्र हृदयेन्द्र दिदी कृतिकासँगै ठीक पारशको पछिल्तिर बसेका थिए। पिता पारशले लामो कपाल पालेका बेला ह्दयेन्द्रले चाहिँ आफ्नो कपाल रंगाएका छन्।

जन्मदिनको उपलक्ष्यमा शुभकामना दिन पारशका झण्डै पाँच दर्जन शुभेच्छुकहरु सुनाकोठी पुगेका थिए।

 

स्रोत : नेपाल खबर

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...