सरकारले २५ सय भन्दा बढी लाइसेन्स खारेज गर्दै,यस्ताको लाइसेन्स खारेज गरिदै



हाम्रो इकोनोमि

यातायात व्यवस्था कार्यालयहरुबाटै वितरण गरिएका २५ सय भन्दा धेरै सवारी चालक अनुमतीपत्र(लाइसेन्स) खारेज हुने भएको छ। लिखित परिक्षा र ट्रायल बिना नै नक्कली कागजपत्रका आधारमा वितरण भएका लाइसेन्स खारेज गरिने यातायात व्यवस्था विभागले जनाएको छ।

बिदेशी लाइसेन्स नेपालीकरणका नाममा पछिल्लो एक वर्षमा राजधानीका यातायात कार्यालयहरुबाट ३ हजार भन्दा धेरै लाइसेन्स वितरण गरिएका छन्। तीमध्ये करिब ९० प्रतिशत नक्कली कागजपत्रका आधारमा वितरण भएको विभागकै छानबिनमा खुलिसकेको छ। ‘नक्कली कागजपत्रका आधारमा जारी भएका सबै लाइसेन्स खारेज हुनेछन्,’ यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने,‘त्यसरी लाइसेन्स दिने र लिनेहरु समेत कारबाहीको भागीदार हुने छन्।’

सबैभन्दा धेरै सुकेधारास्थित यातायात व्यवस्था कार्यालयबाट नक्कली कागजपत्रका आधारमा लाइसेन्स जारी गरिएको थियो। विभागले नै गरेको आन्तरीक छानबिनमा सो कार्यालयबाट पछिल्लो ८ महिनामा जारी भएका २६ सयमध्ये धेरै लाइसेन्स नक्कली कागजपत्रका आधारमा वितरण भएको खुलेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजपत्रका आधारमा जारी गरिएका लाइसेन्सहरुको अनुसन्धान गरिरहेको छ। नेपालीकरण गरिएका सबै लाइसेन्सका फाइल आयोगमा बुझाइएको विभागका महानिर्देशक भट्टराईले बताए।

आयोगका यातायात व्यवस्था कार्यालयका प्रमुख सुन्दर भट्टराईसहित चार जना कर्मचारीलाई पक्राउ गरिसकेको छ। शाखा अधिकृत यमलाल ढकाल, नासु यादब पौडेल, खरिदार सुमन पोख्रेल आयोगको हिरासतमा छन्।

राजधानीका अन्य तीन कार्यालयमा पनि विभागले छानबिन गरिरहेको छ। अन्य कार्यालयहरुमा भने थोरै मात्र लाइसेन्स नेपालीकरण गरिएको थियो। उद्यपी ती कार्यालयहरुले पनि कार्यविधि विपरीत आवश्यक कागजपत्रविना नै लाइसेन्स नेपालीकरण गरेको आन्तरीक अुसन्धानमा खुलेको छ।

सम्बन्धित देशमा बसेको प्रमाण, दुतावासको पत्र लगायतका कागजपत्र चाहिने भएपनि सबै नक्कली बनाएर विचौलियाहरुसँग मिलेर कर्मचारीहरुले बिदेशी लाइसेन्स नेपालीकरणको नाममा लाइसेन्स जारी गर्दै आएका थिए। त्यसवापत प्रतिलाइसेन्स २५ हजारदेखि ८० हजार रुपैयाँसम्म लिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

एकान्तकुनाका प्रमुखलाई पनि स्पष्टिकरण
यातायात व्यवस्था विभागले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख तेजनारायण यादबलाई पनि स्पष्टिकरण सोधेको छ। नियमविपरीत कतिपय निर्णयहरु गरेको खुलेपछि विभागले शुक्रबार स्पष्टिकरण गरेको हो।

उता यातायात व्यवस्था कार्यालय एकान्तकुना(सवारी नवीकरण)को प्रमुखमा डा.टोकराज पाण्डेलाई सरुवा गरिएको छ। उक्त कार्यालयका प्रमुख रहेका बसन्त अधिकारी सहसचिवमा बढुवा भएपछि कार्यालय रिक्त रहदै आएको थियो।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...