नुवाकोटको तुप्चेमा बन्ने भयो १९ मेगावाटको विद्युत् आयोजना



विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ। १९.४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो।

तुप्चेस्थित त्रिशूली नदी किनारमा आयोजित सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले राष्ट्रियरुपमा महत्व राख्ने जलविद्युत् आयोजना सञ्चालन र निर्माण कार्य निर्वाधरुपमा अघि बढ्नुपर्ने बताए। कार्यक्रममा प्रदेश नं ३ का सदस्य हीरानाथ खतिवडाले व्यक्तिगत लाभ, हानि र स्वार्थका कारण यस्ता आयोजनामाथि प्रभाव पार्नु नहुने विचार राखे। तुप्चेमा उत्पादन गृह रहने उक्त जलविद्युत् आयोजनाले त्रिशूली थ्री बीबाट निकास भएको पानीलाई प्रयोग गर्ने वातावरणीय प्रभाव मूल्यांकनमा संलग्न कुमार पौडेलले जानकारी दिए।

पाँच अर्बको लगानीमा परियोजना तयार हुने बताइएको छ। इनर्जी डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक भरतकुमार खड्काले कम लगानीमा बढी आम्दानी हुने आयोजनाका रुपमा यसलाई स्थापित गर्ने बताए। उत्तरगया धाम क्षेत्र विकास समितिले उक्त परियोजनाले बेत्रावतीमा पानी सुक्ने र त्यसले गर्दा धार्मिक कार्यमा असर पर्ने भन्दै चर्को आलोचना गर्दै आएको छ। सार्वजनिक सुनुवाइ भइरहेको समयमा क्षेत्र विकास समितिले बेत्रावती बजारमा विरोधसभाको आयोजनासमेत गरेको थियो। तर उत्तरगया धाममा आफ्नो आयोजनाका कारण पानी नसुक्ने भरतकुमार खड्काले दाबी गरे। उनले उत्तरगया धाम हुँदै बग्ने त्रिशूली नदीमा कम्तीमा सात हजार लिटर पानी छाडिने प्रतिबद्धता जनाए।

मध्यत्रिशूली गंगा जलविद्युत् आयोजना निर्माण चरणमा नै प्रभावित तथा अति प्रभावित क्षेत्रका नागरिकलाई रोजगारीदेखि क्षमताअनुसारको काममा खटाउने प्रतिबद्धता आयोजनाले सार्वजनिक सुनुवाइमा गरेको छ। कार्यक्रममा विदुर नगरपािलकाका प्रमख सञ्जु पण्डित, प्रभावित क्षेत्रका विभिन्न वडाका अध्यक्षहरु, सरोकार भएकाहरु, राजनीतिक दलका प्रतिनिधि तथा संघसंस्थाका पदाधिकारीले मन्तब्य र जिज्ञासा राखेका थिए।

प्रतिक्रिया दिनुहोस
रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

      राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय दलको

बूढानीलकण्ठ नगरपालिका वडा नं २ को जेष्ठ नागरिक सम्मान तथा भेटधाट कार्यक्रम सम्पन्न

    यही मिति २०८० असोज १३ गते बूढानीलकण्ठ नगरपालिका वडा नं २

एमाले कोशी प्रदेशको चुनाव : पदाधिकारीमा प्यानल नै बनाएर उम्मेदवारी

      नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको